२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

नेकपा (एमाले) लुम्बिनी प्रदेश कमिटीकाे प्रचारप्रसार तथा प्रकाशन विभाग गठन, समेटिए प्रभावशालि व्यक्तित्वहरु

नेकपा (एमाले) लुम्बिनी प्रदेश कमिटीकाे प्रचारप्रसार तथा प्रकाशन विभाग गठन, समेटिए प्रभावशालि व्यक्तित्वहरु

 

काठमाडाै‌ं ।  नेकपा  (एमाले) लुम्बिनी प्रदेश सम्पर्क कमिटीले आफ्ना गतिविधिहरुलाइ प्रभावकारी बनाउँदै लगेकाे छ ।

आफ्ना गतिविधिहरुलाइ प्रभावकारी बनाउँदै लैजाने याेजना बमाेजिम कमिटीले प्रचारप्रसार तथा प्रकाशन विभाग समेत गठन गरेकाे छ । 

शुक्रबार लुम्बिनी प्रदेश कमिटीकाे कार्यालय, पुतलीसडकमा बसेकाे वैठकले राेमनाथ ज्ञवालीकाे संयाेजकत्वमा १९ सदस्यीय प्रचारप्रशार तथा प्रकाशन समिति गठन गरेकाे हाे । 

सम्पर्क समन्वय समितिका  सहसंयाेजक क‍. ठानेश्वर बस्यालकाे प्रमुख आतिथ्यता एवं नेकपा (एमाले) लुम्बिनी काठमाडाैं सम्पर्क कमिटीका अध्यक्ष क. श्री कुमार पाण्डे, सचिव पूर्ण खत्री, उपसचिव ऋषिराम भुसाल, आर्थिक विभाग प्रमुख राजन प्रसाद पाेखरेल लगायतका अतिथिहरुकाे उपस्थितिमा उक्त विभाग गठन भएकाे हाे ।

कमिटीमा हाल १६ सदस्यहरु परिपुर्ति भइसकेका छन् भने अर्काे वैठकबाट थप ३ जना व्यक्तिहरुलाइ सदस्यकाे जिम्मेवारीमा भित्र्याएर कमिटीलाइ पूर्णता दिइनेछ ।

हालकाे कमिटीमा सहसंयाेजकमा हरि ज्ञवाली र नवराज धामीलाइ जिम्मेवारी दिइएकाे छ । 

यसैगरी सदस्यहरुमा कमल पन्थी, भागिरथ पाेखरेल,बिष्णु धिताल, डेविड भण्डारी, धर्मेन्द्र अर्याल, दिवस घर्ती, निश्चल आचार्य, कृष्ण आचार्य, सृजना गाैतम, यज्ञ पाण्डे, सरला चाैधरी राम कृष्ण आचार्य, वीरेन्द्र भण्डारी लगायत छन् । 

कमिटीमा समेटिएका व्यक्तिहरु अधिकांश सञ्चारकर्ममा नै संलग्न छन् । अनलाइन मिडिया सञ्चालन, पत्रपत्रिका प्रकाशन, तालिम तथा प्रशिक्षण, फाेटाेग्राफी-भिडियाेग्राफी लगायतमा सदस्यहरुकाे राम्राे दख्खल देखिन्छ ।

कमिटी गठन कार्यक्रमलाइ सम्बाेधन गर्दै सम्पर्क समन्वय समिति उपसंयाेजक ठानेश्वर वस्यालले प्रचारप्रसार विभागले प्रभावकारी रुपमा काम गर्नुपर्ने, अन्य विभाग तथा सिङ्गाे कमिटीलाइ प्रभावकारी बनाउन यस कमिटीकाे भूमिका निकै महत्वपूर्ण हुने साथै यस विभागले अन्य सृजनशिल कार्यक्रमहरु समेत तयार गर्नुपर्ने लगायतका बारेमा आफ्नाे धारणा प्रस्तुत गर्नुभयाे ।

संस्था सदस्य सङ्ख्या थपेर मात्र बलियाे नहुने बरु अनुभवी र जागरुक थाेरै सङ्ख्याका व्यक्तिहरुबाट पनि संस्थाले प्रभावकारी रुपमा काम गर्न सक्नेमा उहाँले जाेड दिनुभयाे । साथै उहाँले अहिलेकाे कमिटीमा सञ्चार उद्याेगसँग लामाे समय देखि प्रत्यक्ष रुपमा  जाेडिएका अनुभवी व्यक्तिहरु समेत समेटिनु खुसीकाे कुरा भएकाे र अहिलेकाे कमिटीबाट राम्रा रचनात्मक गतिविधिहरुकाे लागि  आशा गर्न सकिने अवस्था रहेकाेमा आफूलाइ खुसी महसुस भएकाे समेत बताउनुभयाे ।

यसैगरी सम्पर्क कमिटी अध्यक्ष श्री कुमार पाण्डेले प्रदेशले आफ्ना गतिविधिहरुलाइ प्रभावकारी बनाउँदै लैजाने याेजना बमाेजिम क्रमिक रुपमा विभिन्न विभागहरु गठन गरिरहेकाे र सबै कमिटी एवं सदस्यहरुलाइ उचित भूमिका सहित कमिटीलाइ सशक्त बनाउँदै लैजाने धारणा व्यक्त गर्नुभयाे ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij