२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

मुस्ताङमा पुनः हिमपहिरो

मुस्ताङमा पुनः हिमपहिरो

म्याग्दी । हिमाल पारिको जिल्ला मुस्ताङमा फेरि हिमपहिरो गएको छ । जिल्लाको थासाङ गाउँपालिका–२,बोक्सीखोला माथिको लेकमा पुनः हिमपहिरो गएको हो । प्रत्यक्षदर्शी कुमार अनुरागीका अनुसार मङ्गलबार साँझ करिब ६ बजेको समयमा हिमपहिरो गएको हो । थासाङको बोक्सी खोला माथि छिप्लुङ लेंक हुँदै धौलागिरि हिमालको फेंदबाट खसेको जनाइएको छ ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेयले पहिले खसेको पहिरोको केही थुप्रो खसेको जानकारी दिनुभयो । यसअघि भदौ ६ गते दिउँसो थासाङको बोक्सी खोला माथि लेकमा हिमालको फेदबाट हिमपहिरो खसेको थियो ।

हिमपहिरोबारे थप जानकारी प्राप्त गर्न नसकेको उहाँको भनाइ छ । ‘‘अस्ति खसेको पहिरोको थुप्रो केही तल खसेको भन्ने छ । रातको समय भएकाले नयाँ होकी पुरानो थुप्रो खसेको भन्ने जानकारी पाउन मुस्किल भएको छ । यद्यपि पहिरोले बस्तीमा जोखिम छैन,’’ प्रनाउ पाण्डेयले भन्नुभयो ,‘‘रातको समयमा भएकोले स्थानीय बासीलाई नजिकै सुरक्षित स्थानमा जान आग्रह गरेका छौं ।’’

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij