२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

राजदूतमा सिफारिस १८ जनाको संसदीय सुनुवाइ आजबाट

राजदूतमा सिफारिस १८ जनाको संसदीय सुनुवाइ आजबाट

काठमाडौं । सरकारले सिफारिस गरेका १८ देशका राजदूतको आजदेखि सुनवाई प्रक्रिया सुरु हुने भएको छ । आज मध्यान्ह सवा १२ बजे बस्ने बैठकले १० दिनको म्याद राखेर उजुरी आह्वान गर्ने र त्यसपछि सिफारिस भएका राजदूतलाई सुनुवाइका लागि बोलाउने संसदीय सुनुवाइ समितिका सभापति (ज्येष्ठ सदस्य) पशुपति शमशेर जबराले जानकारी दिएका छन् ।

सरकारले गत साउन १४ गते १८ देशका लागि राजदूत सिफारिस गरेको थियो । ओली सरकारले भारतका लागि नेपाली राजदूत डा शंकरप्रसाद शर्मालाई नै निरन्तरता दिएको छ । उनको पनि सुनुवाइ हुने सभापति जबराले बताए ।

प्रचण्ड नेतृत्वको सरकारले उनलाई फिर्ता बोलाएकाले फेरि सुनुवाइ गर्नुपर्ने सभापति जबराको भनाइ छ । सिफारिस भएका राजदूतलाई सुनुवाई सिमितिले नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij