२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

शनिबार कस्मेटिक व्यवसायी संघकाे साधारणसभा आयाेजना हुँदै, तयारी पूरा

शनिबार कस्मेटिक व्यवसायी संघकाे साधारणसभा आयाेजना हुँदै, तयारी पूरा

 

काठमाडाैं । भाेलि शनिवारकाे लागि तय भएकाे नेपाल कस्मेटिक व्यवसायी संघकाे साधारणसभाकाे सम्पूर्ण तयारी पूरा भएकाे छ ।

भाेलि अर्थात साउन २६ गते शनिबारकाे दिन आयाेजना हुने लागेकाे संघकाे नवाैं बार्षिक साधारणसभा तथा पाँचाैं चुनावी अधिवेसनमा सक्रियतापूर्वक सहभागि हुनकाे लागि  संघले सदस्यहरुलाइ  आह्वान गरेकाे छ ।

भाेलिकाे उक्त विशेष कार्यक्रम भीमसेनस्थान स्थित काष्ठमण्डप भेन्यूमा आयाेजना हुनेछ ।

स्मरण रहाेस्, हाल कस्मेटिक व्यवसायी स‌ंघमा कस्मेटिक व्यवसाय तथा साैन्दर्यमूलक सामानहरु उत्पादनमा संलग्न व्यवसायीहरु संलग्न रहँदै आएका छन् ।

आफूहरुले सदस्य व्यवसायीहरुकाे हक, हित, अधिकार एवं क्षमता अभिवृद्धिकाे लागि समय-समयमा विभिन्न गतिविधिहरु सञ्चालन गर्दै आइरहेकाे संघका अध्यक्ष ऋषिकेश तिमिल्सिना बताउँछन् ।

आत्मनिर्भर अर्थतन्त्र निर्माणकाे लागि स्वदेशी श्राेतसाधनकाे उपयाेग गर्दै आवश्यक साैन्दर्य सामाग्रीहरु उत्पादनकाे लागि आफूहरुले व्यक्तिगत एवं संस्थागत पहल गर्दै आएकाे बताउँदै अध्यक्ष तिमिल्सिना आफूहरुलाइ राज्यकाे समेत नीतिगत सहयाेग आवश्यक रहेकाे बताउँछन् ।

नेपालमा उपलब्ध जडिबुटीहरुकाे प्रशाेधनबाट साैन्दर्य सामाग्रीहरु उत्पादन गर्न सकेकाे खण्डमा हाम्राे अर्थतन्त्र बलियाे बन्ने, स्थानीय कच्चा पदार्थ प्रयाेगमा आउने एवं स्वदेशमा नै राेजगारी सृजना हुने उनकाे दावी छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij