काठमाडौं । लगातारको वर्षाका कारण खोकना आसपासको बागमती नदीले खतराको तह पारेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार ललितपुरस्थित खोकना हुँदै बग्ने बागमती नदीले खतराको तह पार गरेको हो। महाशाखाले बागमती नदीमा खतराको तह नाघेकाले आवश्यक सावधानी अपनाउन आसपासका बस्तीलाई आग्रह गरेको छ।
हाल काठमाडौँ उपत्यकामा पानी पर्ने क्रम रोकिए पनि छिटफुट वर्षा भइरहेको तथा आज दिनभर जसो नै पानी परिरहने भएकाले महाशाखाले सबैलाई सतर्क रहन पनि भनेको छ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij