काठमाडाैं । नेपाल भ्यालुयर्स एसाेसिएसनले समयानुकुल नयाँ सेवा शुल्क लागु गर्नुपर्ने सम्बन्धमा सदस्यहरु बीच अन्तरक्रिया सम्पन्न गरेकाे छ ।
समयानुकुल मूल्याङ्कन सेवा शुल्क वृद्धि हुन नसकेकाे अवस्थालाइ विचार गर्दै नेपाल भ्यालुयर्स एसाेसिएसनले भर्खर मात्रै नयाँ दररेट सार्वजनिक गरेकाे छ ।
उक्त नयाँ प्रस्तावित सेवा शुल्क लागु गर्ने सम्बन्धमा आउन सक्ने चुनाैती एवं आगामी दिनमा तय गर्नुपर्ने रणनीति सम्बन्धमा एसाेसिएसनले शुक्रबार काठमाडाैंमा आयाेजना गरेकाे कार्यक्रममा सदस्य धिताेमूल्यांकनकर्ताहरुले आ-आफ्नाे धारणा व्यक्त गरे ।
उक्त छलफलमा एसाेसिएसनका वर्तमान कार्यसमितिका पदाधिकारी, अघिल्ला कार्यसमितिहरुका पदाधिकारीहरु एवं सदस्यहरुकाे व्यापक उपस्थिति रहेकाे थियाे ।
आफ्नाे धारणा राख्ने क्रममा सदस्यहरुले धिताे मूल्यांकन क्षेत्रमा विभिन्न समस्याहरु रहेकाे र ती समस्याहरु समाधानकाे लागि व्यवसायीहरुबीच एकता महत्वपूर्ण रहने बताए । धिताे मूल्यांकनकर्ताले लिने दररेट एकै किसिमकाे नभएकाे, सबै बैंकमा धिताे मूल्यांकनकाे दर एकै किसिमकाे नरहेकाे, धिताे मूल्यांकनमा अन्तर्राष्ट्रिय मापदण्ड लागु गर्न नसकिएकाे लगायतका विभिन्न समस्याहरु मूल्यांकनकर्ताले सामना गर्नुपर्नेमा अधिकांश सदस्यहरुकाे जाेड रहेकाे थियाे ।
धिताे मूल्यांकन क्षेत्र जाेखिमपूर्ण रहेकाे र सचेत रही न्यून जाेखिममा काम गर्नुपर्ने सम्बन्धमा पनि एसाेसिएसनले सदस्यहरुलाइ आग्रह गरेकाे छ ।
धिताे मूल्यांकन क्षेत्रलाइ व्यवस्थित बनाउँदै लैजाने सम्बन्धमा नेपाल भ्यालुयर्स एसाेसिएसनले सदस्यहरुकाे क्षमता अभिवृद्धि, सचेतना जागरण, छलफल, अन्तरक्रिया, प्रकाशन, सराेकारवाला निकायमा दवाव सृजना लगायतका विविध गतिविधिहरु सञ्चालन गर्दै आएकाे छ ।

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij