२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

प्राधिकरणद्वारा बक्यौता नतिरेको भन्दै तीन ठूला उद्योगको लाइन काटियो

प्राधिकरणद्वारा बक्यौता नतिरेको भन्दै तीन ठूला उद्योगको लाइन काटियो

काठमाडौं । डेडिकेटेड फिडर र ट्रंक लाइनको बक्यौता नतिरेको भन्दै नेपाल विद्युत् प्राधिकरणले तीन ठूला उद्योगमा विद्युत् काटेको छ । रिलायन्स स्पिनिङ मिल्स, घोराही सिमेन्ट र अर्घााखाँची सिमेन्टमा मंगलबार साँझबाट लाइन काटिएको हो ।

विभिन्न ६१ उद्योगले जरिवाना सहित आठ अर्ब २५ करोड ९७ लाख रुपियाँ बक्यौता तिर्न पर्ने प्राधिकरणको दावी छ । तर, त्यो बक्यौता नआएपछि प्राधिकरणले पहिलो चरणमा तीन उद्योगमा लाइन काटेको हो ।

प्राधिकरणले गत असार १० गते १५ दिनको भाखा राख्दै उद्योगीहरुलाई बक्यौता तिर्न पत्र पठाएको थियो । त्यो बक्यौता तिर्न दिइएको समय मंगलबार सकिएको थियो । तोकिएको म्यादमा बक्यौता नतिरेपछि लाइन काटिएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार रिलायन्स स्पिनिङ मिल्ससको ७५ करोड, घोराही सिमेन्टको ५१ करोड र अर्घाखाँची सिमेन्टको ४४ करोड रुपियाँ हारहारीमा बक्यौता बाँकी छ । मंगलबार दिउँसो उद्योगीहरुले पत्रकार सम्मेलन गरेर प्रमाण बिना पैसा नतिर्ने घोषणा गरेका थिए । राती प्राधिकरणले तीन उद्योगमा लाइन काटिदिएको हो । उक्त उद्योगमा औद्योगिक लाइन काटिए पनि लाइटिङ लोड भने यथावत प्रवाह गरिएको प्राधिकरणको दावी छ ।

प्राधिकरणले यसअघि पनि गत पुसमा २३ उद्योगमा लाइन काटेको थियो । त्यसबेला पुस ६ गतेदेखि २६ गतेसम्म लाइन काटिएको थियो । त्यसबेला यो विवाद सम्बन्धमा आयोग बनेपछि मन्त्रीपरिषद्को निर्णयमा उद्योगमा लाइन जोडिएको थियो । त्यसभन्दा पहिला २०७६ फागुनमा पनि यही बिषयलाई लिएर उद्योगमा लाइन काटिएको थियो । प्राधिकरणले लाइन काटेपछि यो विवाद थप पेचिलो भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij