२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

काठमाडाैं प्रहरी परिसर अब भद्रकालीको नयाँ भवनमा

काठमाडाैं प्रहरी परिसर अब भद्रकालीको नयाँ भवनमा

 

काठमाण्डौ । जिल्ला प्रहरी परिसर, काठमाण्डौ स्थानान्तरण हुने भएको छ। परिसर कार्यालय भद्रकालीस्थित नयाँ भवनमा स्थानान्तरण गर्न लागिएको हो। २०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्प पश्चात टेकुस्थित तत्काल नेसनल ट्रेडिङ्ग लिमिटेड (हाल नेपाल आयल निगमको) केन्द्रीय कार्यालयको परिसरमा स्थानान्तरण भई कार्यालयको दैनिक काम कार्य गर्दै आइरहेको थियो।

हाल परिसरको लागि भद्रकालीस्थित जग्गामा भवन पूर्ण रुपमा निर्माण भई सकेको र उक्त नव निर्मित भवनमा असार २२ गते (शनिबार) का दिन स्थानान्तरण हुने प्रहरी परिसरले जनाएको छ। सो भवनबाट आइतबारदेखि सम्पूर्ण सेवा प्रवाह गरिने प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij