२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

राप्ती नदीको बाढीमा फसेकामध्ये दुई जनाको उद्धार : एक जनाको खोजी चल्दै

राप्ती नदीको बाढीमा फसेकामध्ये दुई जनाको उद्धार : एक जनाको खोजी चल्दै

दाङ । लमही नगरपालिका–७ हस्नापुरमा राप्ती नदीको बाढीमा फसेका दुई जनाको उद्धार गरिएको छ । एक जना बेपत्ता भएका छन् ।

राजपुर गाउँपालिका–२ का किसान दूध बिक्री गर्न लमही आएका र फर्किने क्रममा राप्ती नदीको बाढीमा फसेका थिए । तीन जनासँगै रहे पनि एक जनालाई बाढीले बगाएको हो । दुई जना रुखमा चढेर ज्यान जोगाएका छन् ।

सशस्त्र प्रहरी बल–४१ नम्बर रिजर्भ गण अर्जुनखोलाबाट खटिएका सुरक्षाकर्मीले उनीहरूलाई सकुशल उद्धार गरेको प्रहरी सहायक निरीक्षक प्रकाश ढकालले जानकारी दिनुभयो ।

राजपुर–२ का ४८ वर्षीय तुलाराम यादव र ४० वर्षीय दयाराम यादवको उद्धार गरिएको हो । अर्का १८ वर्षीय राजकुमार यादव बाढीमा बेपत्ता भएका प्रहरीले जनाएको छ । यादवको खोजी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij