२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

भारतको एक धार्मिक कार्यक्रममा भागदौड, ५० भन्दा बढीको मृत्यु

भारतको एक धार्मिक कार्यक्रममा भागदौड, ५० भन्दा बढीको मृत्यु

भारत । भारतको उत्तर प्रदेशमा एक धार्मिक कार्यक्रममा भागदौड मच्चिँदा ५० जना भन्दा बढीको मृत्यु भएको छ।

उत्तर प्रदेशको हाथरस जिल्लाको रतिभानपुर मुगलगढी गाउँमा मंगलबार भइरहेको सत्संगमा भागदौड मच्चिँदा ५० जना भन्दा बढीको ज्यान गएको टाइम्स अफ इन्डियाले जनाएकाे छ।

मृतकको संख्या अझै बढ्न सक्ने समाचारमा आइरहेका छन्। मृतकहरूको शव स्थानीय एउटा अस्पतालमा राखिएको सञ्चारमाध्यमले जनाएका छन्। मृतकको सनाखतको काम भने बाँकी छ।

घटनापछि उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले घाइतेहरूको उपचारमा शीघ्रता दिन निर्देशन दिएका छन्। यस्तै घटनाको सत्यतथ्य जाँच गर्न पनि आदेश दिएका छन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij