क्लाउड फ्याक्ट्री नेपालद्वारा स्किल ल्याब एशियासँगको साझेदारीमा ‘क्लाउड फ्याक्ट्री नेपाल डिजिटल सशक्तिकरण अभियान’ सुरुवातको घोषणा गरेको छ। यस अभियानले विशेष गरी नेपालका सीमान्तकृत समुदायका युवाहरूमा केन्द्रित रही रोजगारीका सम्भावनाहरू सुधार गर्न डिजिटल सीप तालिम प्रदान गर्ने लक्ष्य राखेको छ।
यस कार्यक्रममा सहभागीहरूले आवश्यक डिजिटल साक्षरता तालिम प्राप्त गर्नेछन् । तालिम सम्पन्न भएपश्चात सहभागीहरूलाई रोजगारीका अवसरहरू प्रदान गरिनेछ। कार्यक्रमको प्रभावकारीता बढाउन र सहभागीहरूलाई उच्च-गुणस्तरीय सीप प्रदान गर्न क्लाउड फ्याक्ट्री नेपालले स्किल ल्याब एशियासँग सहकार्य गरेको हो। स्किल ल्याब एशियाले शैक्षिक र करियर यात्राको विभिन्न स्तरहरूमा क्यारियर मार्गदर्शन, सीप, र अपस्किलिङमा पहुँच प्रजातान्त्रिक रूपमा भविष्यका अवसरहरूको लागि आफ्ना विद्यार्थी/कर्मचारीहरूलाई समर्थन र सफलता बढाउन डिजिटल क्यारियर सेवा प्लेटफर्म भएका स्कूलहरू, कलेजहरू र कम्पनीहरूलाई सक्षम बनाउन काम गर्दछ।
क्लाउडफ्याक्ट्री नेपाल सीमान्तकृत समूहहरूमा केन्द्रित रही समावेशीता र समान अवसरलाई प्रवर्द्धन गर्न प्रतिबद्ध रहँदै आएको छ। वर्तमान आर्थिक परिवेशमा सफल हुन र थप समावेशी र समृद्ध समाजमा योगदान पुर्याउन आवश्यक डिजिटल सीप भएका नेपाली युवाहरूलाई सशक्त बनाउने लक्ष्य क्लाउडफ्याक्ट्री नेपालले राखेको छ।
क्लाउड फ्याक्ट्री नेपाल समावेशीता र समान अवसरसम्बन्धि पहलका लागि समान विचारधारा भएका स्थानीय सरकार र संस्थाहरूसँग सहकार्य गर्न सदैव तत्पर छ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij