२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

प्रश्नपत्रको गोपनियता भङग गर्ने शिक्षकहरु पक्राउ

प्रश्नपत्रको गोपनियता भङग गर्ने शिक्षकहरु पक्राउ

 

काठमाण्डु ।  राष्ट्रिय परीक्षा बोर्डबाट मिति २०८१ बैशाख १४ गते देखि २६ गते सम्म संचालन भएको कक्षा १२ को परीक्षाहरु संचालन भईरहेकै क्रममा काठमाडौं जिल्लाका केही परीक्षा केन्द्रहरूमा परीक्षार्थीहरू, विभिन्न विद्यालयका शिक्षकहरु समेतले मोबाईल फोनको माध्यमबाट परीक्षाको मर्यादा भङ्ग हुने, प्रश्नपत्रको गोपनियता भङ्ग हुने गतिविधिमा संलग्न रहेका पाइएका थिया

गरी परिक्षाको प्रश्नपत्रहरु सामाजिक संजालको माध्यमहरु WhatsApp, Messenger, Instagram, Viber लगाएतमा बिभिन्न Group हरु बनाई, उक्त Group हरुमा परिक्षा संचालन हुन अगावै प्रश्नपत्रहरु तथा उक्त प्रश्नपत्रको उत्तरहरु आदान प्रदान गर्ने/गराउने कार्यहरु गरी रहेको भन्ने जानकारी प्राप्त हुनासाथ प्रश्नपत्रको गोपनियता भङग तथा परीक्षाको मर्यादा विपरितका उल्लेखित कार्यहरु गर्ने कार्यमा संलग्न रहेका निम्न व्यक्तिहरुलाई खोजतलास गर्ने क्रममा मिति २०८१।०२।२७ गते का.जि.का.म.न.पा. वडा नं. १२ टेकु चोक स्थितबाट पक्राउ गरी शिक्षा ऐन, २०२८ अन्तर्गतको कसूरमा सम्मानित काठमाडौं जिल्ला अदालतबाट दिन ५ को म्याद थप अनुमति लिई जिल्ला प्रहरी परिसर, काठमाडौबाट थप अनुसन्धान भई रहेको ।

पक्राउ परेको व्यक्तिहरुमा जिल्ला बागलुङ ग्वालीचौर ८ घर भई हाल ललितपुर उ.म.न.पा. १८ बस्ने बर्ष ३१ को केशव घिमिरे, जिल्ला पाल्पा रिडिकोट गा.पा. वडा नं. ३ घर भई हाल का.जि.का.म.न.पा.१६ बस्ने बर्ष २४ को विकास ज्ञवाली रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij