२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

‘नेपाल रि’को सञ्चालक समिति सदस्य बने एशियन लाइफका सिइओ श्रेष्ठ

‘नेपाल रि’को सञ्चालक समिति सदस्य बने एशियन लाइफका सिइओ श्रेष्ठ

काठमाण्डौ । नेपाल पुनर्बीमा (नेपाल रि) कम्पनीको सञ्चालक समिति सदस्य पदमा एशियन लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत दिनेश लाल श्रेष्ठ निर्वाचित भएका छन् । सरकारी स्वामित्वको पुनर्बीमक नेपाल रिमा संस्थापक शेयरधनी समूहको प्रतिनिधित्व गर्दै श्रेष्ठ निर्विरोध निर्वाचित भएका हुन् ।

बिहीबार सम्पन्न नवाैं वार्षिक साधारण सभाबाट निर्वाचित उनलाइ सञ्चालक समिति अध्यक्ष इश्वरी प्रसाद अर्यालले सञ्चालक समिति सदस्यको प्रमाण पत्र हस्तान्तरण गरेका हुन् । नेपाल रिको सञ्चालक समितिमा राष्ट्रिय बीमा कम्पनीबाट प्रतिनिधित्व गरेका शेखर बरालले राजीनामा दिएपछि संस्थापक शेयर धनी समूहतर्फको एकवटा सदस्य पद रिक्त रहेको थियो ।

एशियन लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत नियुक्त हुनु केही समय अघिसम्म उनी इन्स्योरेन्सको सञ्चालक समिति सदस्य समेत रहेका थिए । श्रेष्ठ जीवन बीमक संघ नेपालका कोषाध्यक्ष समेत हुन् ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij