
काठमाडौं ।नक्साल स्थित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा ललितकला राष्ट्रिय प्रदर्शनी- २०८१ सञ्चालनमा रहँदै आएको छ।
प्रदर्शनी १५ गते मंगलबारबाट सञ्चालनमा आएको हो ।
“नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानः अनुसन्धान, सृजना र सम्मानसामाजिक रूपान्तरणः ललितकलाकाे अभियान”
नारा सहित काम गर्दै आएको प्रतिष्ठानले नेपाली कला संरक्षण र प्रवद्धनकाे लागि लामो समय देखि काम गर्दै आईरहेकाे छ ।
हस्तकला, चित्रकला, काष्ठकला, मुर्तिकला र कार्टुन तथा कला क्षेत्रमा सञ्चार प्रविधिको माध्यमबाट याेगदान पुर्याउने दर्जनौं सर्जक, कलाकर्मी तथा सञ्चारकर्मीहरूलाई प्रदर्शनीको उद्घाटन समाराेहका क्रममा प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हित बहादुर तामाङले नगद सहित सम्मान तथा पुरस्कार उपलब्ध गराएका थिए ।
कलाकर्मीशरू मध्येबाट सर्वोत्कृष्ट राष्ट्रिय ललितकला पुरस्कार सुरेश लवट तुलाधरलाई प्रदान गरियो । यस पुरस्कारको राशि १ लाख र सम्मानपत्र रहेको छ ।
यसैगरी ललितकला लेखन पुरस्कार प्राज्ञ ज्ञानेन्द्र विवश, ललितकला पत्रकारिता पुरस्कार क्रमशः गोरखापत्र दैनिक र द राइजिङ नेपालका सुकृत नेपाल र रेनुका ढकाललाई प्रदान गरियो ।
जसमध्ये ललितकला लेखन पुरस्कारको राशि ६० हजार र सम्मानपत्र तथा ललितकला पत्रकारिता पुरस्कारको राशि ३०/३० हजार र सम्मानपत्र रहेको छ ।

प्रदर्शनीमा कलाकार चन्द्र श्याम डंगोलले निर्माण गरेको काठबाट बनेको पशुपतिनाथ मन्दिरको मुर्तिले सबैजसमे अवलाेकाकनकर्ताकाे ध्यान तान्न सफल भएको छ।
प्रदर्शनी मेला जेठ ३० सम्म चल्नेछ ।

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij