
काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडमा प्रमुख कार्यकारी अधिकृत (सिईओ) को लागि ५ जनाको नाम सर्टलिष्ट भएको छ।
सर्टलिष्टमा छानिएकाहरूमा दामोदर भण्डारी, नारायण कुमार भट्टराई, बुद्ध काजी श्रेष्ठ, श्रीमान कार्की र सुरेन्द्र थापा गरी जम्मा पाँच जना रहेका छन् ।
सर्टलिष्टमा परेकाहरूलाई व्यवसायिक कार्यजोजनाको प्रस्तुतीकरण तथा अन्तवार्ताका लागि यही जेठ ११ गते नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको कार्यालय थापाथली, काठमाडौंमा बोलाइएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij