
काठमाडाैं । भर्खर मात्रै नेपाली बजारमा भाँडा धुने झोल साबुन उत्पादन शुरुवात भएको छ ।
खुसी इण्डष्ट्रिज नेपालले ‘माइती’ ब्राण्डमा झोल साबुन उत्पादन शुरुवात गरेको हो । सिन्धुपाल्चोकका शुशिल मोक्तानले आफूहरु चिनियाँ बजारमा व्यापक प्रयोग भइरहेको झोल साबुनको सम्भावना नेपाली बजारमा पनि राम्रो हुन सक्ने देखेर नेपालमा यसको उत्पादन शुरुवात गरेको बताउँछन् ।
झोल साबुन उत्पादनको लागि गोकर्णेश्वरमा जग्गा भाडामा लिएर मोक्तानले काम शुरुवात गरेका छन् ।
अहिले सम्म नेपाली बजारमा झोल साबुन उत्पादन नभएको अवस्थालाई विचार गरेर आफूहरुले यस्तो प्रयत्न गरेको मोक्तान बताउँछन् ।
हाल नयाँ उत्पादन भएको र बजार सञ्जाल नबनिसकेको अवस्थामा बजारको मागअनुसार नै आफूहरुले झोल साबुन उत्पादन गरिरहेका छन् उनी ।
हाल बजारको दायरा काठमाडौं उपत्यकामा नै सीमित छ । तथापि आफ्नो व्यवसायलाई बिस्तार गरेर उनी देशभर पु¥याउन चाहन्छन् । यसको लागि लागि बलियो डिलर नेटवर्क बिस्तारको लागि उनले सिष्टम निर्माण कार्यमा आफूलाई व्यस्त बनाएका छन् ।
उद्योग सञ्चालनको लागि १ करोड रकम लगानी भएको छ ।
झोल साबुन प्रचलनमा रहेको ठोस साबुन भन्दा सस्तो र प्रयोगको लागि सहज हुने मोक्तानको भनाई छ ।
आफ्ना उत्पादनको ब्राण्डिङका लागि घरेलु तथा साना उद्योग महासंघले आयोजना गरेको भृकुटीमण्डपको प्रदर्शनीमा समेत उनले स्टल राखेका छन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij