२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

हिमालयन रिको ४० लाख कित्ता बोनस सेयर सूचीकृत  

हिमालयन रिको ४० लाख कित्ता बोनस सेयर सूचीकृत  

काठमाण्डौ । हिमालयन रि इन्स्योरेन्स कम्पनीको बोनस सेयर सूचीकृत भएको छ।

४० लाख कित्ता बोनस सेयर सूचीकृत भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। नेप्सेमा कम्पनीको कुल १० करोड ४० लाख कित्ता सेयर सूचीकृत छ।

योसँगै कम्पनीको चुक्ता पुँजी १० अर्ब ४० करोड रुपैयाँ रहेको छ। गत चैत ६ मा कम्पनीले वार्षिक साधारणसभाबाट ४ प्रतिशत बोनस सेयर बाँड्ने विशेष प्रस्ताव स्वीकृत गरेको थियो।

बोनस सेयर वितरणपश्चात् कम्पनीले १० सेयर बराबर ८ सेयरको अनुपातमा ८ अर्ब ३२ करोड बराबरको हकप्रद सेयर जारी गर्ने प्रस्ताव समेत स्वीकृत गरिसकेको छ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij