२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

पोखराको शहीदचोकबाट मुस्ताङचोक तर्फ जाँदै गरेको माइक्रोबस र जीप ठोक्किँदा ८ जना चिनियाँ घाइते

पोखराको शहीदचोकबाट मुस्ताङचोक तर्फ जाँदै गरेको माइक्रोबस र जीप ठोक्किँदा ८ जना चिनियाँ घाइते

 

पोखरामा माइक्रोबस र जीप ठोक्किँदा ८ जना चिनियाँ घाइते भएका छन् ।

पोखराको शहीदचोकबाट मुस्ताङचोक तर्फ जाँदै गरेको बा. १३ च ५१३७ नम्बरको जीप र ड्याम साइडबाट रत्नचोक जाँदै गरेको माइक्रोबस आज बिहान राष्ट्र बैंक चोकमा ठोक्किएका हो।

दुर्घटनामा माइक्रोबसमा सवार १३ जना चिनियाँ नागरिकमध्ये ८ जना घाइते भएका छ्न । घाइतेहरुको अवस्था सामान्य रहेको छ । उनीहरुको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ ।

जीप चालक धादिङको नेत्रावती–१ बोराङ बस्ने राजकुमार अधिकारी र माइक्रो बस चालक पोखरा–९ पृथ्वीचोक बस्ते तुलबहादुर कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij