काठमाडौँ/नेपाल शिक्षक महासङ राष्ट्रिय समितिले सम्माननिय प्रधानमन्त्री प्रचण्ड ,अर्थ मन्त्री बर्षमान पुन र मुख्य सचिब बैकुण्ठ अर्याल संग बालुवाटारमा निम्न विषयमा बिधालय शिक्षा बिधयक २०८० सम्बन्धि छलफल भएको हो।
एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारीले भने,‘बालविकास शिक्षकहरूको तलबमान संघीय सरकारबाटै प्रदान गर्नुपर्ने विषयमा ध्यानाकर्षण भएको छ।’
ईसीडी शिक्षकहरूले संघीय सरकारबाट मासिक १० हजार र स्थानीय सरकारबाट सात हजार रुपैयाँ गरी न्यूनतम १७ हजार रुपैयाँ पाउँछन्। कतिपय स्थानीय तहले सात हजार रुपैयाँ नदिँदा ईसीडी शिक्षकहरूले १७ हजार रुपैयाँ संघीय सरकारले नै उपलब्ध गराउनुपर्ने माग गर्दै आएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लाई भेट्न नेपाल शिक्षक महासंघ, एकीकृत अखिल नेपाल शिक्षक संगठन, नेपाल विद्यालय कर्मचारी परिषद लगायतका प्रतिनिधिहरू प्रधानमन्त्री निवास बालुवाटार भेटन पुगेको एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारी बताउनुभयो।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij