२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

धादिङको बेनिघाट रोराङ गाउँपालिकामा डढेलो नियन्त्रणका लागि पत्कर सप्ताह तथा डढेलो नियन्त्रण सचेतना कार्यक्रम सप्पन्न,

धादिङको बेनिघाट रोराङ गाउँपालिकामा डढेलो नियन्त्रणका लागि पत्कर सप्ताह तथा डढेलो नियन्त्रण सचेतना कार्यक्रम सप्पन्न,

बेनिघाट रोराङमा डढेलो नियन्त्रणका लागि पत्कर सप्ताह तथा डढेलो नियन्त्रण सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

बेनिघाट रोराङ वन वातावरण तथा विपत् व्यवस्थापन शाखाद्वारा वडा नम्बर ४ स्थित डुम्रे कालिका सामुदायिक वनमा एक कार्यक्रमका बिच समापन कार्यक्रम सम्पन्न भएको बेनिघाट रोराङ गाउँपालिका अध्यक्ष थपलियाले बताउनुभयो।

मङगलबार कार्यक्रममा जिल्ला वन कार्यालय धादिङका प्रमुख (DFO)विष्णु प्रसाद आचार्यले डढेलो नियन्त्रणका लागि वन व्यवस्थापनमा ध्यान दिनुपर्ने बताउदै यसबाट हामिलाई आवश्यक पर्ने खानेपानी मुहान संरक्षण हुने,अक्सिजन लिन सकिने सुन्दर हरियाली बाताबरण बनाउन र यसका फाइदाको बिषयमा डढेलो नियन्त्रणका लागि समुदायलाई सचेत गराउँनुपर्ने बताउनुभयो ।

बेनिघाट रोराङ गाउँपालिकाले वन डढेलो नियन्त्रणका लागि उदाहरणीय काम सुरुवात गरेको प्रमुख आचार्यले बताउनुभयो ।
उहाँले वन डढेलो लाग्नुको कारण, यसबाट हुने क्षति, वन डढेलो नियन्त्रणको क्रममा अपनाउनु पर्ने सजकता तथा वन डढेलो नियन्त्रणमा प्रयोग गरिने औजारको बारेमा बिस्तृत रुपमा जानकारी गराउनु भएको थियो ।

बेनिघाट रोराङ गाउँपालिका अध्यक्ष कृष्ण बहादुर थपलिया विवेकले गाउँपालिकाले वन डढेलो नियन्त्रणका लागि आगामी आर्थिक बर्षमा निति तथा कार्यक्रममा समावेश गरेर बजेटको व्यवस्था गरिने,बेनिघाट रोराङ्लाई रमणीय बाताबरण बनाएर रुख हरु कम भएको ठाउँमा बोट बिरुवा रोप्ने,जंगली जनावरको बासस्थान जोगाउने,पर्यटकिय स्थलहरु निर्माण गर्नको लागि आवश्यकता रहेको उहाँले बताउनुभयो।

रोराङ गाउँपालिका अध्यक्ष कृष्ण बहादुर थपलिया, उपाध्यक्ष टाप बहादुर श्रेष्ठ, प्रमुख प्रशासकिय अधिकृत नर्वदा घिमिरे, वडा नम्बर ४ का वडाध्यक्ष राजु बहादुर मगर, डुम्रे कालिका सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष होमलाल विशुन्के, कोषाध्यक्ष गीतादेवी पाण्डे, सचिव छविलाल श्रेष्ठ, सव डिभिजन वन कार्यालय वेनिघाटका प्रमुख कमल आचार्य हरित स्वयम्सेवक दस्ता,र स्थानीयहरुको उपस्थितिमा सात दिने कार्यक्रम समापन गरिएको हो।

सो अवसरमा आगलागी हुन नदिन अपनाउने विधि र आगो नियन्त्रण गर्ने तरिका बारे जिल्ला वन कार्यालय धादिङका हरित स्वंयम् सेवकहरुले डेमो प्रश्तुत गरेका वन वातावरण तथा विपत् व्यवस्थापन शाखाका प्रमुख गुरुङले बताए।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij