
धादिङ । निलकण्ठ नगरपालिका धादिङको आयोजना ३ दिने अग्नि नियन्त्रण पुनताजगी तालिम समापन भएकाे छ।
निलकण्ठ नगर पालिका वातावरण तथा विपद् व्यबस्थापन समितिले तालिममा प्रशिक्षार्थीहरुले अग्नि नियन्त्रणका उपाय, घाइतेको उद्धार, स्वास्थ्य संस्थासम्म कसरी पुर्याउने भन्ने विषयमा जानकारी पाएको बताए।
उनले तालिममा लिएको सीप र प्रशिक्षणबाट प्राप्त ज्ञानलाई सही रुपमा प्रयोग गर्नुपर्नेमा जोड दिए।
तालिममा सहभागी २० जना नगर प्रहरी रेडक्रस र धादिङ साेसियल भाेलेन्टियर नेपाल संयोजक,राम्री नेपाली प्रमुख अतिथि मेयर भिम प्रसाद ढुङ्गाना विशेष अथिति उप मेयर दिपक विश्वकर्मा लगायतको उपस्थित रहेको रेडक्रस सोसाइटी धादिङका कोषाध्यक्ष नारायण कुमार श्रेष्ठले बताउनुभयो।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij