२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

नेपाल डेरी एसोसिएसनको क्यालेन्डर बिमोचन एवं शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

नेपाल डेरी एसोसिएसनको क्यालेन्डर बिमोचन एवं शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

काठमाडौं , नेपाल डेरी एसोसिएसनको नव वर्ष २०८१ सालको क्यालेण्डर विमोचन एवं शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरियो ।

नेपाल डेरी एसोसिएसनको नव वर्ष २०८१ सालको शुभकामना एवं क्यालेण्डर विमोचन कार्यक्रम केन्द्रिय अध्यक्ष प्रल्हाद दाहालको सभापतित्व एवं बागमती प्रदेशका माननीय जयराम थापाको प्रमूख आतिथ्यतामा शंखमुल स्थित नेपाल डेरी एसोसिएसनको केन्द्रिय कार्यालयमा सम्पन्न भयो ।


विशेष अतिथि राष्ट्रिय दुग्ध विकास वोर्डका कार्यकारी निर्देशक, डा. बालक चौधरी, अतिथिमा बोर्डका प्रशासन प्रमुख बिदुर राई,पशुसेवा विभागका सिताराम वली, केन्द्रिय दुग्ध सहकारी संघका वरिष्ठ उपाध्यक्ष कृष्ण प्रसाद सापकोटा , नेपाल उद्योग वाणिज्य महासंघका कार्य समिति सदस्य पशुपति पाण्डे, नेपाल डेरी एसोसिएसनका संस्थापक अध्यक्ष राजेन्द्र गोपाल श्रेष्ठ, सल्लाहकार एवं पुर्व अध्यक्ष सुमित केडिया, दुग्ध विकास संस्थानका प्रतिनिधि, निर्यात व्यवसायी महासंघका प्रतिनिधि, डेरी साईन्स एसोसिएसनका जनक बिष्ट, रैथाने एग्रो प्रा.लिका शंकर गौतम, कृषि पत्रकार किरण आचार्य एवं अन्य विभिन्न संघसंस्थाका प्रतिनिधिहरु सहित दुग्ध व्यवसायीहरुको सहभागीता रहेको थियो । २०८१ सालको नयाँ वर्षको क्यालेण्डर छपाईका संयोजक एवं एसोसिएसनका उपाध्यक्ष दिप प्रसाद धमलाले कार्यक्रममा स्वागत एवं नव वर्षको शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रम संचालक एसोसिएसनका महासचिव हेमचन्द्र खनालले गरेका थिए भने कार्यक्रम राष्ट्रियगानबाट शुरु गरि नेपाल डेरी एसोसिएसनको गीत पनि बजाईएको थियो । प्रमूख अतिथि माननीय जयराम थापाबाट नव वर्ष २०८१ को क्यालेण्डर विमोचन गरिनुका साथै अतिथिहरुबाट नव वर्ष २०८१ सालको शुभकामना आदानप्रदान गरियो । केन्द्रिय दुग्ध सहकारी संघका वरिष्ठ उपाध्यक्ष कृष्ण प्रसाद सापकोटाले उत्पादक किसानले उद्योगीबाट दुधको पैसा नपाएकोमा गुनासो गर्दै अगामी नयाँ वर्षबाट क्रमशः सुधारिँदै बक्यौता चुक्ता गर्न अनुरोध गरि शुभकामना दिनुभयो ।

दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा. बालक चौधरीले नयाँ वर्ष २०८१ सालको शुभकामना दिँदै दुग्ध क्षेत्रको हालको समस्या पूरानै सालमा समाप्त भई नयाँ वर्षमा नयाँ रणनिति सहित अघि बढ्न सबैलाई अनुरोध गर्नुभयो । कृषि उद्यम केन्द्रका बोर्ड सदस्य खोजराज कटुवालले निर्यातमा डेरी क्षेत्रको छुर्पी अग्र स्थानमा रहेको छ । यसमा व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको पूर्ण साथ दिन अनुरोध गरे । पशुसेवा विभागका सिताराम वलीले नेपाल डेरी एसोसिएसनले यसरी सरोकारवाला सबैलाई बोलाई शुभकामना आदानप्रदान एवं समसामयिक विषयमा यसरी अन्तरक्रिया गर्दा धेरै कुरा सिक्न र बुझ्न पाइने कुरा बताए ।
कार्यक्रमका प्रमूख अतिथि बागमती प्रदेशका माननीय जयराम थापाज्यूले नयाँ वर्षको सबैलाई शुभकामना दिँदै दुग्ध क्षेत्रको समस्यामा आफू पनि गम्भिर रहेको र यसका समाधानको लागि सबै एक भई लाग्न आफ्नो साथ रहेको कुरा बताउनुभयो । कार्यक्रमका सभापति केन्द्रिय अध्यक्ष प्रल्हाद दाहालले सम्पूर्ण उपस्थित सबैलाई धन्यवाद सहित नयाँ वर्ष २०८१ सालको मंगलमय शुभकामना व्यक्त गर्दै आगामी दिनमा नयाँ जोश जाँगरका साथ दुग्ध क्षेत्रले इतिहास रच्न सबैको साथ सहयोगको अपेक्षा रहेको र नेपाल डेरी एसोसिएसन सदैव यस्ता कुरामा अघि बढ्दै जाने कुरा बताउँदै नयाँ वर्षदेखि एसोसिएसनले सहयता सुचना केन्द्र स्थापना गरि डेरी सेक्टरमा भएका समस्याको समाधानका लागि अग्रसरता देखाउने कुरा बताउनुभयो । कार्यक्रममा सबै उपस्थिति महानुभावहरुलाई चियापान एवं शुभकामना सहित दुग्ध पदार्थको खाजा, मोही सेवन गर्दै अतिथिहरुलाई दुग्ध पदार्थ समाबेश मायाको चिनो प्रदान गर्दै नयाँ वर्षको क्यालेण्डर वितरण गरि कार्यक्रम समापन गरियो

एसोसिएसनको चिनारी :

नेपाल डेरी एसोसिएशन २०५५ सालमा स्थापना भई निरन्तर दुग्ध क्षेत्रमा काम गरिरहेको दुग्ध व्यवसायी साना, ठूला, मझौला र घरेलु डेरीहरुको छाता संगठन हो । “डेरी क्षेत्रको उन्नती, राष्ट्रको समुन्नती” भन्ने मुल नाराका साथ बैधानिक रुपमा २०५५ साल माघ ७ गते विधिवत दर्ता भई संचालनमा रहेको छ । यस संस्थामा देशभरिबाट ७ प्रदेश, २३ जिल्लामा संगठन बिस्तार २७५ सदस्यहरु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij