
काठमाडौं । प्रेमकथामा आधारित म्युजिक भिडियो ‘उकालो चढ्दैछ पिरती’ युट्युब मार्फत सार्वजनिक भएको छ ।
गायकहरु बाबुराम पन्थी र सुनिता बुढा क्षेत्रीको आवाजमा रहेको उक्त गीतमा बसन्त थापाको सङ्गीत रहेको छ ।
उक्त गीतको भिडियोमा अन्जु बोहोरा र अर्जुन निरौलाले अभिनय गरेका छन्, शब्द संयोजन प्रल्हाद सुवेदीको रहेको छ भने मनोज कार्कीले म्युजिक भिडियो सम्पादन गरेका हुन् ।
यस म्युजिक भिडियोलाई अडान फिल्मले बजारमा ल्याएको हो ।
यस गीतमा माया प्रेमको लागि उमेर बाधक नबन्ने कुरा दर्शाइएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij