
जनकपुरधाम । जनकपुरधामबाट बेपत्ता भएका एक वर्षीय बालकको प्रहरीले सकुशल उद्धार गरेको छ । जनपुरधाम उपमहानगरपालिका–२३ स्थित डेरा गरी बस्ने रुपेश कुमार झाको छोरा १ वर्षीय रुद्धाआंश झाको प्रहरीले सकुशल उद्धार गरेको हो ।
गत फागुन १२ गते साँझ घरमा खेलिरहेको बेला अपहरणमा परेका बालकलाई महोत्तरीको लोहारपट्टी नगरपालिका–३ स्थित बिभा देवी मण्डलको साथबाट उद्धार गरेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले बताए ।
उनका अनुसार बालक बेपत्ता भएपछि स्थानीयले दिएको जानकारी अनुसार खोजतलास गर्दा उपमहानगरपालिका२४ बस्ने ४२ वर्षीया बिभा देवी मण्डलको साथबाट बालक फेला पारेको हो । साथै बालक अपहरण गर्ने बिभा मण्डलविरुद्ध अपहरण तथा शरीर बन्धक मुद्दा दर्ता गरी प्रहरी कारबाही प्रक्रिया अघि बढाएको हो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij