२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

म्युजिक भिडियो ‘म त फसे जस्तै लाग्यो’ सार्वजनिक

म्युजिक भिडियो ‘म त फसे जस्तै लाग्यो’ सार्वजनिक

गणेश अधिकारीको म्युजिक भिडियो ‘म त फसे जस्तै लाग्यो’ युट्युबबाट सार्वजनिक भएको छ ।

उक्त म्युजिक भिडियोमा सुरेश लामाको आवाज र सौगातजंग थापाको म्युजिक रहेको छ ।

अडियो–भिडियोको काम गणेश अधिकारीले गरेका छन् भने मिक्सिङ रञ्जन राईको रहेको छ ।

यस म्युजिक भिडियोलाई अलंकार स्टुडियोमा छायाङ्कन गरिएको हो ।

जसमा कलाकारहरु प्रनिमा दाहाल र विशाल श्रेष्ठको अभिनय रहेको छ ।

प्रेमको खोजीमा रहेका किशोर र युवा वर्गहरु बीच यो म्युजिक भिडियो लोकप्रिय बन्ने अपेक्षा गरिएको छ । किनकि यसले युवाहरुको मनको भाव बोलेको छ ।

प्रेमको लागि पहिलो भेट नै प्रयाप्त हुने र यसको लागि हृदय देखिको भावनात्मक सम्बन्ध महत्वपूर्ण हुने भावना उक्त म्युजिक भिडियोमा पाउन सकिन्छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij