२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

नागार्जुनमा १०० फिट गहिरो इनारमा खसेकी महिलाको सकुशल उद्धार 

नागार्जुनमा १०० फिट गहिरो इनारमा खसेकी महिलाको सकुशल उद्धार 

काठमाडौँ, ३ फागुन । नेपाल प्रहरीले काठमाडौँको नागार्जुनबाट इनारमा खसेकी महिलाको सकुशल उद्धारू गरेको छ ।

फागुन २ गते इनारमा खसेकी काठमाडौँ नागार्जुन न.पा.–४ बाफल महाडोल स्थायी बसोबास गर्ने ५० बर्षकी अन्जु सिंहलाई प्रहरीले सकुशल उद्धार गरेको हो ।

काम गर्ने क्रममा इनारमा खसेकी सिंहको अन्दाजी १०० फिट गहिरो इनारबाट उद्धार गरेको प्रहरीले जनाएको छ । इनारमा खसेको भन्ने सूचना प्राप्त हुनासाथ विपद् व्यवस्थापन कार्यालय, सामाखुशीबाट आवश्यक उद्धार सामाग्रीहरू सहित प्रहरी टोली खटिएको थियो ।

उनलाई उद्धार पश्चात आवश्यक उपचारको लागी मनमोहन अस्पताल पठाएको थियो। हाल निजको अवस्था सामान्य रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij