२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

मिटरमा चल्न नमान्ने ट्याक्सीलाई १० हजार जरिवाना  

मिटरमा चल्न नमान्ने ट्याक्सीलाई १० हजार जरिवाना  

पोखरा । गण्डकी प्रदेश सरकारले मिटरमा नचल्ने ट्याक्सीलाई कडा कारबाही सहितको यातायात नियमावली ल्याएको छ । पटक पटक मिटरमा चलाउने निर्णय गर्दै पछि हट्दै गरेको सरकारले अन्ततः नियमावलीमै कडा नियम राखेको छ ।

अब मिटरमा नचल्ने ट्याक्सीले १० हजार जरिवाना तिर्नुपर्ने भएको छ । यसअघि यसको जरिवाना २ हजार मात्रै थियो । यस्तै, डिजेलबाट चल्ने ट्याक्सीलाई सहरी क्षेत्रमा चल्ने गरी दर्ता पनि नगरिने भएको छ ।

अधिकांश ट्याक्सी पेट्रोलबाट चल्ने आए पनि डिजेलबाट चल्ने समेत छन् । उनीहरूलाई सहरी सौन्दर्ययता र प्राकृतिक प्रदूषणको दृष्टिले रोक्न लागिएको बताइएको हो । भौतिक पूर्वाधार विकास मन्त्रालयले यातायात क्षेत्रको व्यवस्थापन गर्ने नियमावली भर्खरै मन्त्रीपरिषद्बाट पारित गराएको मन्त्री रेशमबहादुर जुग्जालीले बताए ।

नियमावलीमा राइड सेयरिङलाई पनि खुला गरिएको छ । अब निजी सवारी साधनले पनि निश्चित मापदण्ड र नियममा बसेर सार्वजनिक भाडाको काम गर्न पाउने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij