
काठमाडौं । प्रारम्भ वर्ल्ड स्कुलले १८औं बार्षिकोत्सव सम्पन्न गरेको छ ।
शनिबार जमल स्थित राष्ट्रिय नाचघरमा शिक्षक, व्यवस्थापन पक्ष, विद्यार्थी र अभिभावकको अलावा विभिन्न क्षेत्रमा संलग्न अतिथिहरुको व्यापक उपस्थिति बीच उक्त समारोह सम्पन्न गरेको हो ।
शनिबार नाचघरमा आयोजना गरिएको कार्यक्रममा मूलतः विद्यार्थीहरुलाई आफ्नो प्रस्तुति मार्फत प्रतिभा प्रस्फुटनको लागि अवसर प्रदान गरिएको थियो ।

कार्यक्रममा सहभागि भई मञ्तव्य व्यक्त गर्नुहुने महानुभावहरुले विद्यालय पृथक पहिचान कायम गर्दै अघि बढिरहेको बताउँदै थप प्रगतिको कामना गर्नुभएको छ ।
प्रारम्भ वर्ल्ड स्कुलले विद्यार्थीको क्षमता विकासको लागि विद्यार्थीहरुलाई औपचारिक ज्ञानको अलावा विभिन्न रचनात्मक गतिविधिहरुमा संलग्न गराउँदै आएको छ । यो विद्यालय तारकेश्वर नगरपालिकाको शान्तिटोलमा अवस्थित छ ।
विद्यालयका प्रिन्सिपल कमल प्रसाद ज्ञवाली विद्यार्थीलाई समय र परिस्थिति बमोजिम तयार बनाउनको लागि आफू भित्र रहेको अन्तर्निहित क्षमता पहिचान गर्नमा विद्यालयले सहयोग पुर्याउनुपर्ने मान्यता राख्नुहुन्छ ।
सोही बमोजिम स्रोतसाधनले भ्याए सम्म विभिन्न रचनात्मक गतिविधिमा विद्यार्थीहरुलाई संलग्न गराउने कार्यमा आफूहरु संलग्न रहँदै आएको बताउनुहुन्छ ।

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij