
काठमाण्डौ । बाँसबारी छालाजुत्ता कारखानाको जग्गासम्बन्धी विवादमा पक्राउ परेका व्यवसायी अरुण चौधरीलाई ४ दिन हिरासतमा राख्न काठमाण्डौं जिल्ला अदालतले अनुमति दिएको छ । अदालतले ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई अनुमति दिएको हो ।
आज नै सीआइबीले पक्राउ गरेर व्यवसायी अरुण चौधरीलाई जिल्ला सरकारी वकिलको कार्यालय हुँदै अदालतमा उपस्थित गराइएको थियो । काठमाण्डौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले सोही प्रकरणमा पक्राउ परेका छाला जुत्ता कारखानाका तत्कालीन सञ्चालक समिति अध्यक्ष अजित नारायणसिंह थापालाई पनि ४ दिन नै हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हिनामिना प्रकरण सम्बन्धि अनुसन्धानका लागि प्रहरीले तीन जनालाई पक्राउ परेका हुन । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले व्यवसायी चौधरी, छालाजुत्ता कारखानाका पूर्व कार्यकारी प्रमुख अजितनारायण थापा र कारखाना सञ्चालक समितिका अध्यक्ष सञ्जय ठाकुरलाई पक्राउ गरेको हो ।
कारखानाको १० रोपनी जग्गा चौधरी गु्रप अन्तर्गतको चाँदबाग स्कुल र चौधरी होल्डिङ्स कम्पनीले हडेपेकोबारे तीन महिनादेखि अनुसन्धान गरिरहेको सीआईबीले पक्राउ गरेको थियो । यो प्रकरणमा ६ अर्ब रुपैयाँ घोटाला भएकोबारे अनुसन्धानका क्रममा १४ जना पक्राउ परिसकेका छन ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij