
प्रविधिकाे विकाससँगै उद्याेग व्यवसायमा संलग्न व्यक्तिले परम्परागत मान्यता र धारणाबाट आफूलाइ परिमार्जित गर्दै लैजानुपर्ने आवश्यकता बढ्दै गएकाे छ ।
बदलिँदाे परिवेशमा उद्याेग व्यवसाय लगायत हरेक क्षेत्रमा सफलताकाे लागि यी गूणहरु समेत निकै महत्वपूर्ण बन्न पुगेका छन् ।
- नयाँ कुरा सिक्ने चाहना
सफल हुन चाहने हरेक व्यक्तिले आफूलाई सदैव अपडेट र अपग्रेडको लागि तयार बनाइराख्नुपर्छ ।
- दृढ इच्छाशक्ति
दृढ इच्छाशक्ति बिना सफलता प्राप्ति गर्न सकिँदैन । साथै यो पनि बुझ्नुपर्छ कि इच्छा र दृढ इच्छा बीच ठूलो अन्तर हुन्छ । हामी कुनै काम गर्न चाह्यौं भने त्यो इच्छा भयो । हामी हरेकसँग यस्ता कैयौं इच्छा र योजनाहरु हुन्छन् । तर दृढ इच्छाशक्ति भने अत्यन्तै न्यून हुन सक्छन् । जब हामी कुनै काम पूरा गर्नको लागि साँच्ची प्रतिज्ञावान् बन्छौं भने त्यस बेला हामी दृढ इच्छाशक्ति (द्यगचलष्लन म्भकष्चभ०को अवस्थामा हुन्छौं । दृढ इच्छाशक्तिले हामीलाई लक्षित उपलब्धि हासिल हुन अवस्थामा पुग्नको लागि कुनै न कुनै माध्यम अवश्य दिन सक्छ ।
- आरोह अवरोहमा सम्हालिने क्षमता
उद्योग व्यवसाय जोखिमरहित क्षेत्र होइन । यसकारण आउन सक्ने हरेक परिस्थिति बारे मानसिक रुपमा तयार हुन सक्नुपर्छ
- जोखिम क्षमता र व्यवस्थापन
जोखिम लगानीसँग सँगसँगै आउने विषय हो । यसलाई नियमित र अनियमित जोखिमको रुपमा व्याख्या गर्न सकिन्छ ।
- दिगो सोच
दीर्घकालिन सोच सहित व्यवसायमा अघी बढ्न सक्नुपर्छ ।
- शिघ्र निर्णय क्षमता
– व्यावसायिक सफलताको लागि शिघ्र निर्णय निकै जरुरी रहन्छ ।
- टीम व्यवस्थापन
– राम्रो प्रभावकारी टीम निर्माण बिना सफलता पाउनु निकै कठिनाईपूर्ण हुन जान्छ ।
- नेतृत्व क्षमता, जनसम्पर्क एवं सञ्जाल निर्माण
– नेतृत्वदायी क्षमता सफलताको लागि महत्वपूर्ण रहन्छ । यसको अलावा अरु भन्दा माथि पुग्न चाहने व्यक्तिको सार्वजनिक जनसम्पर्क पनि राम्रो जरुरी रहन्छ । साथै आफ्नो मातहतमा अन्य व्यक्तिहरुलाई कुनै न कुनै माध्यमबाट प्रभाव गराउँदै आफ्नो सञ्जाल बिस्तारलाई विशेष महत्व दिनु जरुरी रहन्छ ।
- कल्पनाशिलता र रचनात्मक क्षमता
– रचनात्मक क्षमता एवं कल्पनाशिलताले आफ्ना सोच, योजनाहरुलाई कसरी पृथक तवरले प्रस्तुत गर्ने भन्ने कुराको जानकारी दिन्छ । नयाँ खोज, अनुसन्धानहरु यस्तै कल्पनाशिलता र रचनात्मक खोजी गर्ने योग्यताकै कारण सम्भव भएका हुन् ।

यी गुणहरुकाे अलावा उद्याेग व्यवसायमा सफलताकाे लागि यी कुरा पनि अत्यावश्यक रहन्छन् ।
- सन्तुलित बजेट निर्माण
- समय व्यवस्थापन
- तनाव व्यवस्थापन
- अनुशासन
- सकारात्मक साेच
- सन्तुलित व्यवहार
- निश्चित रणनीति