२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

फागुनमा सकिँदै निफ्राको संस्थापक शेयरको लकइन अवधि

फागुनमा सकिँदै निफ्राको संस्थापक शेयरको लकइन अवधि

 

नेपाल इन्फ्रास्ट्रकचर बैंक (निफ्रा)को संस्थापक शेयरधनीहरुको लक इनमा राखिएको शेयरहरुको लक इन अवधि २०८० फागुन २३ गते समाप्त हुने भएको छ । बैंकले बुधबार एक सूचना जारी गर्दै संस्थापक शेयरधनीहरुको लक इनमा रहेको १२ करोड ९६ लाख कित्ता शेयरको अवधि फागुन २३ मा सकिने जनाएको हो ।

बैंकले जारी गरेको सूचनामा भनिएको छ ‘यस बैंकको संस्थापक शेयरधनीहरुको लक इनमा राखिएको शेयरहरुको लक इन अवधि समाप्त हुने मिति २०८०/११/२३ गतेसम्म रहेकोले नेपाल धितोपत्र बोर्डको पत्र संख्या ८०/८१, चलानी नं. १५२३ मिति २०८०/०८/२५ गतेको पत्रबाट निर्देशन भए बमोजिम सम्बन्धित सम्पूर्ण सरोकारवालाहरुमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’

लक इन अवधि समाप्त हुने भएपनि निफ्रालाई नेपाल राष्ट्र बैंकले नियमन गर्ने भएकोले सहज रुपमा यी शेयरहरु दोस्रो बजारमा कारोबार हुन भने पाउने छैन । निफ्रामा पनि संस्थापक शेयर बिक्रीको लागि अन्य बैंकको जस्तै रह्स्त्र बैंकको नियम लागु हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij