
अबकाे समयमा प्रविधिकाे विकास अत्यन्तै तीव्र रुपमा भइरहेकाे छ । यस्ताे अवस्थामा मानवीय मष्तिष्कलाइ काल्पनिक अर्थात मेसिनरी राेबाेटिक मष्तिष्क (आर्टिफिसियल इन्टेलिजेन्ट)ले चुनाैती दिइरहेकाे छ । प्रविधिकाे तीव्र विकाससँगै नयाँ अद्यावधिक गतिविधिबारे हामी जानकार एवं साक्षात्कार समेत हुँदै जानुपर्ने अवस्था छ ।
लगभग प्रत्येक व्यक्तिकाे हातमा नै स्मार्टफाेनकाे पहुँच पुगिसकेकाे अवस्थामा पनि आफूसँग रहेका फाेनका अधिकांश Function/Tools सँग हामी अनविज्ञ जस्तै छाैं । अधिकांश व्यक्तिले फाेनलाइ केवल टेलिफाेन, साधारण गुगल सर्च, सामाजिक सञ्जाल लगायतमा सीमित राखेका छाैं ।
यस्ताे अवस्थामा नवविकसित प्रविधिसँग साक्षात्कार गर्दै प्रविधि अवलम्बनमा समेत अघी बढ्न सक्नुपर्ने जरुरी छ । जसबाट हाम्राे थप लागत नबढाइ उत्पादकत्व बढाउन सम्भव हुनेछ । यसकारण प्रविधि साक्षरता समेत नेपालकाे परिप्रेक्ष्यमा निकै आवश्यक बन्न पुगेकाे छ ।
किनकि
अबकाे समय एआइकाे समय हाे । जहाँ कुनै विषयमा विज्ञता हासिल नगरेकाे व्यक्तिले समेत प्रविधि र टुल्सहरुकाे प्रयाेग गरेर असाधारण उपलब्धि हासिल गर्न सक्छ ।
अहिले नै पनि एआई हाम्रो दैनिक जीवनमा द्रुत गतिमा प्रवेश गरिरहेको छ, यसका तरिका एवं टुल्सहरु सिक्न सकेकाे खण्डमा हाम्रा दैनिक कार्यहरूलाई सुव्यवस्थित गर्न, रचनात्मकता बढाउन ठूलाे सहयाेग पुग्छ भन्ने मान्यताले याे लेख तयार पारिएकाे हाे ।
यहाँ दैनिक जीवनका केही महत्वपूर्ण बन्दै गएका टुल्सहरु उल्लेख गरिएकाे छ ।
मेम (एआई नोटटेकिंग एप) :
यो एआईबाट स्वचालित नोट हाे । यसले हामीलाइ नाेट लिने काममा ठूलाे सहयाेग पुर्याउँछ ।
Mem AI is a note-taking app powered by AI. Mem AI integrates AI to enhance the user experience and note-taking ability. It offers many features that make taking notes faster and easier.
Mem AI also provides many features to organize and pull off information from notes after making it to make a significant impact on the user’s ability to reuse the notes.
Mem is available for the Web, iOS, and mobile web.
Evernote:
यो क्लासिक नोट-लिने एपले अब स्वचालित ट्यागहरू व्यवस्थित तवरले सञ्चालनमा सहयाेग गर्नुकाे अलावा सम्बन्धित नोटहरू बारे हामीलाइ सुझावहरू समेत उपलब्ध गराउने काम गर्दछ ।
थप जान्नकाे लागि यस वेभसाइटमा जानुहाेस् ।
Jasper: (For Content Writing)
यो AI आधारित लेखन सहायक टुल्सले हामीलाइ विभिन्न प्रकारका रचनात्मक ढाँचाहरू उत्पन्न गराइदिन्छ । जसबाट हामीलाइ ब्लग पोस्ट लेखन, अन्य लेखन कार्य, मार्केटिङ एवं विज्ञापन स्क्रिप्ट लेखन लगायतमा सहयाेग पुर्याउन सक्दछ ।
याे सःशुल्क टुल्स हाे ।
यस लिङ्कमा क्लिक गर्नुहाेस्
MuseNet:
यो AI संगीत जनरेटरले क्लासिकल देखि ज्याज र हिप-हप सम्म विभिन्न शैलीहरूमा अद्वितीय र मौलिक संगीत टुक्राहरू रचना गर्न सक्छ। तपाईंको रचनात्मकतालाई बढावा दिनुहोस् र लुकेका संगीत रत्नहरू पत्ता लगाउनुहोस्।
MuseNet AI संगीत जनरेटरको छवि नयाँ विन्डोमा खुल्छ
theresanaiforthat.com
Calm:
यो एक लोकप्रिय एप्स हाे । यसले ध्यान/ Meditation काे गहिराइमा पुग्नकाे लागि निकै सहयाेग पुर्याउँछ । यस एपले तपाईं हाम्राे मनमा भएका अनुभवलाई निजीकृत गर्न पनि सहयाेग गर्छ । साथै तपाईं हाम्राे मुड, अवस्था र लक्ष्यहरूका आधारमा आधारित रही हामीलाइ सही काेर्ष-सत्र-पाठहरूकाे लागि सिफारिस समेत गर्दछ । www.calm.com
Headspace
हेडस्पेस अर्को एउटँ प्रमुख मेडिटेसन अर्थात ध्यानकाे लागि सहायक एप हाे । हेडस्पेसले तपाईंको प्रगति ट्र्याक गर्न र तपाईंको मानसिक स्वास्थ्यमा अन्तरदृष्टि प्रदान गर्न सहयोग गर्दछ। जसबाट AI को मार्गदर्शन बमाेजिम आफ्नो मानसिक स्वास्थ्य माथि नियन्त्रण कायम गर्न सकिनेछ ।
Flo:
यस एप्सले महिलाहरुकाे मासिक रजस्वलाकाे अवधि र ovulation सम्बन्धी ट्रयाकरकाे काम गर्दछ । जसबाट तपाईंको मासिक चक्र र PMS लक्षणहरू भविष्यवाणी गर्न सहयाेग पुग्नेछ । यसबाट हामीलाइ मानसिक एवं शारीरिक रुपमा तयार रहन र तपाईंको शरीरको बारेमा जानकारी गराउन मद्दत गर्दछ। एआई-संचालित अन्तर्दृष्टिको साथ आफ्नो महिनावारी स्वास्थ्यको जिम्मा लिनुहोस्।
www.researchgate.net
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij