
सिंगटी हाइड्रो इनर्जीको शतप्रतिशत हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ।
कम्पनीले हकप्रद शेयर प्रयोजनार्थ आइतबार अर्थात् पुस २२ गते बुक क्लोज गर्ने भएकाले आजसम्म नेप्सेमा कारोवार गरि कायम शेयरधनीले कम्पनीले जारी गर्न लागेको १०० प्रतिशत हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् ।
कम्पनीले १:१ अनुपातमा प्रतिकित्ता १०० रुपैयाँको दरमा १ करोड ४५ लाख कित्ता हकप्रद शेयर बिक्री गर्न लागेको हो ।
हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ४५ करोड रुपैयाँ रहेको छ । हकप्रद शेयर जारी भएपछि यस कम्पनीको चुक्ता पुँजी २ अर्ब ९० करोड रुपैयाँ पुग्नेछ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij