
समय व्यवस्थापन कार्य धेरै मानिसहरुकाे लागि समस्याकाे बिषय बन्दै आएकाे छ । तथापि अब समय व्यवस्थापन कार्य सहज बन्दै गएकाे छ । याे एक कला हाे र यस लेखमा समय व्यवस्थापनका केही शक्तिशाली प्रविधिहरू उल्लेख गरिएकाे छ । जसकाे माध्यमबाट हामीले समयलाइ राम्राे तवरले व्यवस्थापन गर्न सक्छाैं ।
आफैलाई चिन्नुहोस्:
समय अनुसार चल्नकाे लागि हामीले सबैभन्दा पहिले आफैंलाइ चिन्नुपर्ने जरुरी रहन्छ । जसले गर्दा हामीलाइ अनुशासित बन्नमा सहयाेग पुग्छ ।
प्राथमिकता तय गर्नुहोस्ः
सबै कार्यहरू समान रूपमा प्राथमिकतामा पर्छन् भन्ने हुँदैन । यसकारण हामीले कुन काम अत्यावश्यक हाे र कुन कम महत्त्वपूर्ण हाे भन्ने छुट्याउन सक्नुपर्छ । अत्यावश्यकता र महत्वमा आधारित कार्यहरूलाई वर्गीकरण गर्नका लागि Eisenhower Matrix जस्ता उपकरणहरू प्रयोग गर्न सकिन्छ ।
योजनाको शक्तिलाई बुझ्नुहाेस्
आफ्नो प्राथमिकता र समयसीमा प्रतिबिम्बित गर्ने तालिका बनाउनुहोस्। विशेष कार्यहरूको लागि समय रोक्न र आफ्नो योजनामा अडिग रहन क्यालेन्डर, प्लानर वा डिजिटल एप लगायतलाइ समेत प्रयोग गर्न सकिन्छ । तथापि आवश्यकता अनुसार कुनै याेजनामा लचकता समेत अपनाउन सकिन्छ ।
बिहानकाे समयलाइ बढी महत्व दिनुहाेस्ः
तपाईको दिनको सुरुवात तपाईको सबैभन्दा महत्त्वपूर्ण कार्यबाट गर्नुहोस्, जसलाई सबैभन्दा बढी ध्यान र ऊर्जा चाहिन्छ। यसले एक उत्पादक दिनको लागि टोन सेट गर्दछ र तपाइँलाई विचलित हुनबाट बचाइ सही दिशामा अघी बढ्न सहयाेग पुर्याउँछ ।
समान कार्यहरू एकसाथ अघी बढाउन सकिन्छः
कन्टेक्स्ट स्विचिङलाई न्यूनीकरण गर्न र अधिकतम दक्षता बढाउन समान कार्यहरूलाइ सँगसँगै समूहबद्ध गरेर अघी बढाउन सकिन्छ । कामकाे प्रकृति अनुसार तत्काल आवश्यक नभएका कामहरु दिनकाे निश्चिच समय वा चरणमा सम्पन्न गर्ने व्यवस्था/ बानी अङ्गाल्न सकिन्छ । जस्ताे कि दिनभरि पटकपटक निरन्तर इमेल जाँच गर्न र फेसबुक नाेटिफिकेसन हेर्नकाे सट्टा यसकाे लागि निश्चित समय सेट गर्दा बढी लाभदायक हुन सक्छ ।
विचलनबाट बच्नुहाेस्ः
हाम्राे सबैभन्दा धेरै समय -बेकारका अनावश्यक काममा खर्च भइरहेकाे हुन्छ । जसले हामीलाइ मुख्य उद्देश्यबाट विचलित बनाइरहेका हुन्छन् । यस्ता विचलनहरु के-के छन् पहिचान गर्नुहोस् ।
सोशल मिडिया, फोन समाचार मल्टिटास्किङ गतिविधिहरुबाट आफूलाइ अलग राखाैं । साथै हाम्राे ध्यान भङ्ग गर्ने वेबसाइटहरू चलाउनबाट समेत संयमित बनाैँ । विविध अवरोधहरू कम गर्न शान्त कार्यस्थान राेजेर निश्चित समयकाे लागि काममा जुटाैं ।
समय-समयमा विश्राम लिनुहोस्:
हामी निरन्तर काममा लागिरह्याैं भने यसले बर्नआउट निम्त्याउँछ। यसकारण आफ्नो दिमागलाई समय-समयमा रिचार्ज गर्न र ताजा गराइराख्न पटक पटक छोटो ब्रेकहरू लिने गराैं । जसले हाम्रा्े फोकस र उत्पादकत्वमा ठूलाे चमत्कारी परिणाम दिन सक्छ।
हुँदैन वा होइन भन्न पनि सिक्नुहोस्:
हामी अधिकांश व्यक्तिले अर्काे व्यक्तिले भनेकाे काम वा सल्लाहलाइ धेरै पटक हुँदैन भन्न सक्दैनाैं । यसले हामीलाइ अधिक वाेझ वा ओभरलोड गराउन सक्छ । यसाे हुन नदिनुहोस्। अरुकाे कुरालाइ स्वीकार्नु भन्दा पहिले आफ्ना प्राथमिकता र प्रतिबद्धताहरूमा विशेष सजग रहाैं । किनकि आफ्नो समय र ऊर्जा जोगाउन आफैंले आफूलाइ निश्चित सीमाहरू तय गर्नु जरुरी रहन्छ ।
आफ्नो प्रगतिलाइ ट्र्याक गर्न शुरु गराैं:
हामीले इलेक्ट्राेनिक्स उपकरणहरु प्रयोग गरेर वा अन्य अनावश्यक गतिविधिहरुमा संलग्न भएर कसरी समयलाइ अनावश्यक रुपमा नाेक्सान गरिरहेका छाैं भन्नेमा सजग हाैं । यसकाे लागि हामी संलग्न भएका क्रियाकलापहरु मध्ये कुन सही हाे र अनावश्यक हाे भन्ने यकिन गराैँ । यसरी आफ्ना सबै गतिविधिहरू नोट गरेर आफ्नो समय बितिरहेकाे छ भन्ने आफैंले पत्ता लगाउन सक्नेछाैँ ।
आफैलाई पुरस्कृत गराैंः
आफ्नो सानाे-ठूलाे हरेक सफलतामा उत्सव मनाउँ । जसले हामीलाइ थप उर्जा प्राप्तिमा सहयाेग पुर्याउनेछ ।
याे पनि याद गराैँ कि समय व्यवस्थापन एउटा यात्रा हो, गन्तव्य होइन। समर्पण भाव र अभ्यासकाे माध्यमबाट हामीले समय व्यवस्थापनको कलामा मास्टरी गर्न सक्नछाैं । जसबाट हामीले आफ्नाे उत्पादकत्व बढाउन, तनावहरुलाइ घटाउन र आफ्नो जीवनमा अधिक नियन्त्रण कायम राख्न सफल हुनेछाैँ ।
र अन्त्यमा याे पनि………..
आफ्नो दैनिक दिनचर्यामा यी शक्तिशाली प्रविधिहरू समावेश गरेर, तपाईं आफ्नो समय व्यवस्थापन सीपहरू परिवर्तन गर्न सक्नुहुन्छ । जसबाट आफ्न लक्ष्यहरू अझ सहजता र दक्षताका साथ प्राप्त गर्न सकिनेछ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij