२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

गुणस्तरहिन कस्मेटिकजन्य सामग्रीको प्रयोग रोक्नुपर्नेमा जाेड

गुणस्तरहिन कस्मेटिकजन्य सामग्रीको प्रयोग रोक्नुपर्नेमा जाेड

 

काठमाडौं-गुणस्तरहिन सौन्दर्यका लागि प्रयोग हुने कस्मेटिक सामग्री रोक लगाउन सांसदहरुले माग गरेका छन् । बुधवार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा बोल्दै अधिकांश सांसदहरुले यस्तो माग गरेका हुन्।

उनीहरुले गुणस्तरहिन सामानको प्रयोगले महिलाहरुमा छाला बिग्रने जस्ता समस्या आउने खतरा रहेको भन्दै बजार अनुगमन प्रभावकारी बनाउन माग गरे। सांसदहरुले बाहिरबाट कच्चा पदार्थ ल्याएर अन्तर्राष्ट्रिय ब्राण्डको नाममा बजारमा कस्मेटिक पसल तथा पार्लरहरुले प्रयोगमा ल्याउने गरेको बताए।

उनीहरुले सरकारले विदेशबाट नेपालमा खरिद बिक्रीको लागि अनुमति नै नभएका ब्राण्ड समेत बजारमा ल्याइ बेच्ने गरेको बताए। सांसदहरुले सरकारले खाद्य तथा सौन्दर्यको लागि प्रयोगमा ल्याउने सामानहरुको ल्याब टेस्टमार्फत गुणस्तर परीक्षण गरे/नगरेको अनुगमन गर्न आवश्यक रहेको बताए।

समिति बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले महिलाहरुले प्रयोग गर्ने कस्मेटिक सामान बनाउने कच्चा पदार्थ आयात गरेर अन्तर्राष्ट्रिय ब्राण्डको नाममा प्याकेजिङ गरी बजारमा बेच्ने गरेको बताए।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij