२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

टिप्पर चालकमाथि कारबाहीको माग गर्ने १५ जना पक्राउ

टिप्पर चालकमाथि कारबाहीको माग गर्ने १५ जना पक्राउ

दाङ- टिप्परको ठक्करबाट ज्यान गुमाएका प्युठानका दुई युवाको तर्फबाट आन्दोनल गर्ने क्रममा दाङबाट १५ जनालाई प्रहरीले पक्राउ गरेको छ।

शुक्रबार राति घोराही उपमहानगरपालिका- १० झारबैरामा भएको दुर्घटनामा ज्यान गुमाएका मृतकका परिवारले उचित क्षतिपूर्तिको व्यवस्था र टिप्पर चालकलाई कारवाही नभएसम्म शव अस्पतालबाट नउठाउने भन्दै आइतबार दाङ बन्दको आह्वान गरेका थिए।

सोही क्रममा आज बिहान आन्दोलन गर्ने क्रममा प्रहरीले १५ जनालाई पक्राउ गरेको हाे। घाेराहीका चक्काजाम गर्ने क्रममा प्युठानको झिमरुक गाउँपालिकाका उपाध्यक्ष प्रमाेद पाेख्रेल, नाैबहीनी गाउँपालिका- ६ का वडा अध्यक्ष मानबहादुर केसी र मृतक दुई युवाका दाजु तथा मामा राजेश जिसीलगायतलाई प्रहरीले नियन्त्रण लिएको हाे।

‘न्यायकाे आवाज उठान आएका हामी अहिले जिल्ला प्रहरी कार्यालयमा छौं। वार्ताबाटै काम टुङ्ग्याउन खोज्दा पनि उपर्युक्त वातावण नभएपछि हामी सडकमा उत्रिन बाध्य भएका हौं’, स्थानीय वालेन्द्र केसीले भने,’हामीले चालकलाई कारवाही र क्षतिपूर्तिकाे माग राखेका हाैं। यस बारेमा छलफलसम्म गर्न पाइएको छैन।’

 

उक्त दुर्घटनामा मोटरसाइकलमा सवार प्युठानको झिमरुक गाउँपालिका- ४ बांगेमरोठका १७ वर्षीय विशाल जिसी र नौवहिनी गाउँपालिका- ६ लुङका १८ वर्षीय सागर केसीको मृत्यु भएको हो।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij