२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

नेपाल उद्योग वाणिज्य संघ काठमाडौंमा नयाँ नेतृत्व, दाेहाेरिए अध्यक्ष महासचिवमा दुर्गाराज

नेपाल उद्योग वाणिज्य संघ काठमाडौंमा नयाँ नेतृत्व, दाेहाेरिए अध्यक्ष महासचिवमा दुर्गाराज


काठमाण्डाै । नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको तेस्रो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ ।

नयाँ कार्यसमितिका सबै पदाधिकारी निर्विरोध निर्वाचित भएका छन् ।

नवनिर्वाचित कार्यसमितिको अध्यक्षमा दिनेश श्रेष्ठ पुनः निर्विरोध चयन भएका छन् । अध्यक्षमा चयन भएका श्रेष्ठ अशोका कार्वन एण्ड एलाइड इण्डष्ट्रिज प्रालिका सञ्चालक हुन् । निर्वाचन कार्यक्रम अन्तर्गत भएको मनोनयनमा अध्यक्षमा श्रेष्ठको मात्रै उम्मेदवारी दर्ता भएपछि उनी निर्विरोध निर्वाचित बनेका हुन् । यससँगै अब उनले संघको अध्यक्षमा दोस्रो कार्यकालका लागि नेतृत्व प्रदान गर्नेछन् ।

यसैगरी संघका तीन उपाध्यक्षामा जयप्रसाद शिवाकोटी, राजेन्द्र शेरचन र रमानाथ श्रेष्ठ चयन भएका छन् ।

महासचिवको जिम्मेवारी दुर्गाराज श्रेष्ठले पाएका छन् । सघंको महासचिवमा चयन भएका श्रेष्ठ गोधुली इन्टरप्राइजेजका सञ्चालक हुन् ।

सचिवमा फेसियल हाउस प्रालिकी सुष्मा महरा, कोषाध्यक्षमा हिटको प्रालिका प्रदीपमान प्रधान र सह–कोषाध्यक्षमा शुभकामना फुटवेर प्रडक्टका नानीराज घिमिरे चयन भएका छन् ।

नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको शुक्रबार सम्पन्न तेस्रो वार्षक साधारण सभामा नयाँ कार्यसमितिका पदाधिकारीले उद्योगी व्यवसायीको हकहितका लागि कार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij