
काठमाडौँ । साहित्यकार तथा पत्रकार राजेन्द्र पराजुलीको निधन भउको छ।
बीएन्डबी अस्पतालमा उपचारका क्रममा पराजुलीको मंगलबार बिहान ५८ बर्षको उमेरमा निधन भएको हो । केही दिनयता निमोनियाबाट पीडित पराजुलीको उपचारकै क्रममा मुल्यु भएको हो । उनको पशुपति आर्यघाटमा मंगलबार दिउँसो साढे बजे अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जानाएको छ।
काठमाडौँ कोटेश्वरका पराजुलीको संस्मरणात्मक कृति ‘कोटेश्वरको केटो’सहित एक दर्जन पुस्तक प्रकाशित छन्। ‘अघोरी’, ‘शुक्रराज शास्त्रीको चश्मा’ र ‘जन्तरमन्तर’ कृति चर्चित छन्।
पत्रकारितामा दुई दशकभन्दा बढी योगदान गरेका उनले नागरिक, हिमाल खबरपत्रिका, नेपाल समाचारपत्र, आर्थिक अभियान, बाह्रखरीलगायत सञ्चारसंस्थामा आबद्ध भएर काम गरीसकेका छन् । पराजुली साझा प्रकाशनको सञ्चालक समिति सदस्य पनि भएका थिए। पराजुलीका श्रीमती, एक छोरा र एक छोरी छन्।
नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिले शोक विज्ञप्ति प्रकाशित गर्दै महासंघ सदस्य, वरिष्ठ पत्रकार तथा साहित्यकार पराजुलीको निधनले नेपाली पत्रकारिता र साहित्यको क्षेत्रमा अपूरणिय क्षति पुगेको जनाएको छ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij