२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

सन नेपाल लाइफको आईपीओ बाँडफाँड, ७ लाख ६८ हजार जनालाइ प्राप्त भयाे सेयर

सन नेपाल लाइफको आईपीओ बाँडफाँड, ७ लाख ६८ हजार जनालाइ प्राप्त भयाे सेयर

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सको आइपीओ बाँडफाँड भएको छ । विक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गका अनुसार शुक्रबार बिहान आईपीओ बाँडफाँड गरेको हो ।

कम्पनीको आईपीओमा १५ लाख ७७ हजार ७ सय ४४ आवेदकले १ करोड ७८ लाख ३२ हजार ३ सय कित्ताको लागि आवेदन दिएका छन्।

मागभन्दा बढी आवेदन परेका कारण आईपीओ गोलाप्रथाबाट बाँडफाँड भएको छ । जसमा १४ लाख ६० हजार ६१ आवेदकबाट परेको १ करोड ६३ लाख ५८ हजार २१० कित्ता सेयर सदर भएको छ भने बाँकी ६ हजार ८०१ आवेदकबाट माग भएको १ लाख ५ हजार ३७० कित्ता सेयर रद्द भएको छ।Citizen Life Island Landing Page

जसमा भाग्यमानी ७ लाख ६८ हजार आवेदकले १०/१० कित्ताका दरले सेयर पाएका छन् भने ६ लाख २१ हजार ९३९ आवेदकको हात खाली भएको छ।

कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १३९ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २३९ रुपैयाँमा कुल ७६ लाख ८० हजार कित्ता आईपीओ सर्वसाधारणका लागि बिक्री खुला गरेको थियो।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij