प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय सरकारका २१ मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गरेका छन् ।
बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा प्रधानमन्त्री प्रचण्डले आर्थिक वर्ष २०८०/०८१ को वार्षिक कार्यक्रम कार्यान्वयनका लागि २१ जना मन्त्रीसँग उनीहरूले नेतृत्व गरेको मन्त्रालयले गर्ने कामको कार्यसूचीसहित सम्झौता गरेका हुन् ।
यो सँगै अब सरकारले कार्यसम्पादन मूल्यांकनको आधारमा मन्त्रीहरूको कामको मासिक रिपोर्ट कार्ड पनि बनाउने जनाएको छ । सम्झौता पत्रमा हासिल गर्नुपर्ने नतिजा सूचक राखिएको छ । जसमा गत आर्थिक वर्ष २०७९/०८० को समग्र स्थिति र चालु आर्थिक वर्ष २०८०/०८१ को लक्ष्य निर्धारण गरिएको छ ।
सम्झौतामा कार्यसम्पादनको प्रगति मासिक रूपमा प्रधानमन्त्री कार्यालयमा अनलाइन प्रणालीबाट पठाउनुपर्ने र त्यसलाई मासिक तथा वार्षिक प्रतिवेदन र मूल्यांकनको आधार बनाइने उल्लेख छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij