२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

सार्वजनिक गरियाे नेटवर्किङ डिभाइसहरु

नेटवर्किङ सेवाप्रदायक रिजीको आधिकारिक बिक्रेता बन्यो डेलिकेट टेक्नोलोजी

नेटवर्किङ सेवाप्रदायक रिजीको आधिकारिक बिक्रेता बन्यो डेलिकेट टेक्नोलोजी

काठमाडौं । डेलिकेट टेक्नोलोजीले रिजी कम्पनीका विभिन्न नेटवर्किङ डिभाइसहरु शनिबार सार्वजनिक गरेको छ ।

आज डेलिकेट टेक्नोलोजीले काठमाडौंको एल्लो प्यागोडा होटलमा आयोजना गरेको एक विशेष कार्यक्रम बीच होम वाइफाई राउटर, एपी, सिसिटिभी, म्यानेजेवल स्विच, क्लाउड बेष्ट राउटर एवं युजरको लागि क्लाउड वेस्ड राउटर लगायतका विभिन्न उत्पादनहरु सार्वजनिक गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनीका प्रबन्ध निर्देशक केशव थापाले आफूहरुको उद्धेश्य नेपालमा गुणस्तरीय नेटवर्किङ उपकरणहरु सुपथ मूल्यमा उपलब्ध गराउने रहेको बताए ।

सोहीबमोजिम आफूहरुले कर्पोरेट कम्पनीहरुलाई लक्षित गरेर यी सामानहरु नेपाली बजारमा आधिकारिक रुपमा भित्र्याएको उनले बताए । साथै यी उत्पादनहरु नेपालभर विस्तार गर्नको लागि आफूहरुले डिलर सञ्जाल तयार पारिरहेको समेत बताए ।

आफूहरु सदैव सूचना प्रविधि क्षेत्रसँग सम्बन्धित उच्चस्तरीय वस्तु तथा सेवाहरु उपलब्ध गराउन तयार रहने र आफूहरुको सेवा सम्बन्धमा सुझाव र प्रतिक्रिया उपलब्ध गराउन समेत आग्रह गरे ।

कम्पनीका सेवा सम्बन्धमा कुनै साेधपुछ वा जानकारी आवश्यक परे आफूलाइ सिधै ९८५१००८५१७ मा सम्पर्क गर्न समेत थापाले आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij