२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

हवाइ सेवामा भ्याट खारेजीकाे माग सहित नाट्टाले दायर गर्याे सर्वाेच्चमा रिट

हवाइ सेवामा भ्याट खारेजीकाे माग सहित नाट्टाले दायर गर्याे सर्वाेच्चमा रिट

नेपाल सरकारले आ.व. २०८०/८१ को बजेटबाट लागु गरेकाे हवाई सेवामा मूल्य अभिवृद्धि कर (VAT) समग्र अर्थतन्त्रकाे लागि घातक हुने नाट्टाले बताउँदै आएकाे छ ।

साेही बमाेजिम भ्याट लागु गरिसकेपछि नाट्टाले विभिन्न सरकारी निकायमा Lobbying गरी हवाई सेवामा मूल्य अभिवृद्धि कर (VAT) लाग्दा नेपालको पर्यटनसँग सम्बन्धित सेवाहरू थप महँगो हुने बताउँदै आएकाे थियाे ।
IATA र ICAO को Resolution मा पनि अन्तर्राष्ट्रिय हवाई सेवामा शून्य भ्याट हुनु पर्ने प्रस्ट व्यवस्था रहेकोमा नेपाल सरकारले हवाई टिकटमा पनि भ्याट लागु गर्ने निर्णय गरेकोले सो प्रावधानलाई सच्याउन गरको आफूहरुकाे आग्रहमा सरकारले कुनै सुनुवाइ नगरेकाेमा नाट्टाले चिन्ता व्यक्त गरेकाे छ ।

यसै सन्दर्भमा नाट्टाले पूर्व अध्यक्ष परिषद, नाट्टाका सदस्यज्यूहरू, कानुन व्यवसायी, कर परामर्शदाताहरुसँगको सल्लाह र नाट्टा बोर्डको निर्णयबाट कानुनी उपचारमा जाने निर्णय समेत गरेकाे छ ।
नाट्टाकाे 27th July 2023 मा बसकाे वैठकले सर्वोच्च अदालतमा सो व्यवस्था खारेजको माग गर्दै रिट दायर समेत गरेको बताएकाे छ ।

नाट्टा, सरकार र निजी व्यवसाय बिचको सहकार्यले पर्यटन उद्योगमा दिगो विकास हुन्छ भन्नेमा विश्वास आफूहरुकाे रहेकाे नाट्टाले बताएकाे छ ।
नाट्टा समस्या समाधानको लागि विभिन्न निकायसँग छलफल र सहकार्य गर्न सदैव तयार रहेको समेत विज्ञप्तिमा जनाइएकाे छ ।
नाट्टाले विभिन्न निकायसँग पटक-पटक छलफल र समन्वय गर्दा पनि सुनुवाइ नभई भ्याट सम्बन्धी अन्यौलता कायम नै रहेकोले आफूहरु न्यायको ढोका ढकढकाउन बाध्य भएकाे बताइएकाे छ ।

अब न्यायालयले निष्पक्ष र पारदर्शी न्याय प्रक्रियाबाट न्याय सम्पादन गर्नेमा आफूहरु विश्वस्त रहेकाे नाट्टामा आवर्द्ध पर्यटन व्यवसायीहरूले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij