२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

प्राेलिफिक कलेजकाे अभिमुखीकरण कार्यक्रम सम्पन्न

प्राेलिफिक कलेजकाे अभिमुखीकरण कार्यक्रम सम्पन्न


काठमाडाैँ । प्रोलिफिक कलेज धुम्बाराहीको आयोजनामा आज कक्षा ११ का विद्यार्थीहरूलाई स्वागत तथा २०औँ अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

उक्त कार्यक्रममा विद्यालय व्यवस्थापनका तर्फबाट भावना खड्काले स्वागत मन्तव्य राख्नुभएको थियो।

कार्यक्रमको प्रमुख अतिथिको रूपमा काठमाडौँ क्षेत्र नं .५ का सङ्घीय सांसद माननीय प्रदीप पौडेलको उपस्थिति रहेको थियो।प्रमुख अतिथि पौडेलले कार्यक्रम उद्घाटन सहित आफ्नो सान्दर्भिक मन्तव्य राख्नुभएको थियो।उहाँले उच्च माध्यमिक विद्यालयमा अध्ययनरत आजका विद्यार्थीहरू भविष्यको आफ्नो पुस्तामा हरेक क्षेत्रको नेतृत्वदायी भूमिकामा आउन सक्ने कुरा बताउनुभयो। साथै कलेजहरूले सङ्ख्यात्मक रूपमा मात्रै नभएर गुणात्मक रूपमा पनि विद्यार्थीहरूको विकास र पठनपाठन गर्नुपर्ने कुरा उल्लेख गर्नुभयो।

उक्त कार्यक्रममा विशेष अतिथिको रूपमा रहेकी काठमाडौँ म.न.पा.वडा नं.४ की प्रतिनिधि सन्ध्या खनालले प्रोलिफिक कलेज यस क्षेत्रको पुरानो र सुविधा सम्पन्न तथा गुणस्तर कलेज भएको र आगामी दिनमा पनि विविध गतिविधिहरूमा हातेमालो गर्ने र आवश्यक सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो।

कार्यक्रममा विभिन्न क्षेत्रका विशेषज्ञहरूको उपस्थिति रहेको थियो ।

आफ्नो धारणा राख्दै युवा वैज्ञानिक डा. सागर ढकालले विद्यार्थीहरूलाई Re-search र Innovation सँग जोड्न आफूहरू प्रतिबद्ध रहेको कुरा बताउनुभयो।

उक्त सांस्कृतिक कार्यक्रममा राष्ट्रिय गायक रमेश पाठक, मोडेल तथा डान्सर अदिति श्रेष्ठ र शिला गजुरेलको दमदार प्रस्तुति रहेको थियो।सो कार्यक्रममा,यसै कलेजका पूर्व विद्यार्थीहरू भावना पराजुली र सोनिया लामाले प्रोलिफिक कलेज आफ्नो जीवनको सफलताको एक मजबुत सिँढी भएको कुरा उल्लेख गर्दै कलेज प्रशासनलाई धन्यवाद व्यक्त गर्नुभयो।

सो कार्यक्रममा सभाध्यक्षका रूपमा रहनुभएका सोही कलेजका प्रिन्सिपल गोपाल बहादुर महतले प्रोलिफिकले गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको बताउनुभयो । शिक्षामा छुट्टै पहिचान बनाउँदै यहाँसम्म आई पुग्न गरेको शैक्षिक योगदानको बारेमा बताउँदै भावी योजना बारे समेत सुनाउनु भएको थियो र यस कार्यमा जोडिएर प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग गर्नु हुने सबै तह तप्काका व्यक्तिहरूलाई धन्यवाद व्यक्त गर्नुभयो।  उहाँले आफ्नो प्रस्तुतीकरणबाट कलेजका नियम,गतिविधि र योजनाहरूलाई विद्यार्थीहरूको बिचमा राख्नुभयो र यस कलेजलाई विद्यार्थीहरूले आफ्नो रोजाइमा पारेकोमा धन्यवाद व्यक्त गर्नुभयो । साथै आगामी दिनमा पनि विद्यार्थीहरूलाई गुणस्तरीय पठन पाठनका लागि कलेज प्रशासन र आफू प्रतिबद्ध रहेको कुरा व्यक्त गर्नुभयो |

विभिन्न विषयगत शिक्षकहरू तथा विद्यार्थी परिचयात्मक कार्यक्रम समेत रहेको उक्त कार्यक्रम विद्यालयको सैद्धान्तिक र प्रयोगात्मक शिक्षणण सिकाई बारेमा अवगत गराइएको थियो |

यस कार्यक्रमको पहिलो खण्डको सञ्चालन यसै स्कुलकी सञ्चालक ललिता पाण्डेले गर्नुभएको थियो भने दोस्रो खण्डको सांस्कृतिक कार्यक्रमको सञ्चालन कलेज विद्यार्थीहरू सोनिया लामा र आकाश दाहालले गर्नुभएको थियो । साथै यस कार्यक्रमको संयोजन कलेज इन्चार्ज डा.वन्दना पौडेलले गर्नु भएको थियाे |

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij