
काठमाडौँ । कुवेत जाने श्रमिकहरुलाई ४ शर्त पुरा गरेमात्र प्रस्थान अनुमति दिने अध्यागमन विभागले जनाएको छ । विभागले आज विज्ञप्ती जारी गर्दै अंग्रेजी वाहेकका अन्य भाषाको भिषा अनिवार्य अंग्रेजी भाषामा अनुवाद गरी नोटसमेत गनुर््पर्नेसहित ४ वटा शर्त पुरा गरेको खण्डमा मात्र प्रस्थान अनुमति दिने निर्णय गरेको हो।
विदेश जान लागेका श्रमिकहरुलाई रोकेको विषयमा वैदेशिक रोजगार विभागले आपत्ति जनाउँदै हिजो केही बेर प्रदर्शन समेत गरेको थियो । कुवेत र जोर्डन जान लागेका १३२ जना श्रमिकलाई अनुमति नदिएपछि विभाग आक्रोसित भएको हो ।
११७ जना श्रमिकलाई कागजात शंकास्पद भन्दै अध्यागमन विभागले प्रस्थान अनुमति रोकेको थियो । सुरुवा जोर्डन जान लागेका १५ जनालाई समेत रोकेको अध्यागमनले पछि भने निर्वाध रुपमा कागजातको आधारमा अनुमति दिएको थियो ।

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij