
असार १५ काे धान दिवस अर्थात दहिचुरा कार्यक्रमको शुभ अवसर पारेर बनेपा फोरबिड एजुकेशनल करियर प्रा. लि.ले २०२३ जुलाई इन्टेकका विद्यार्थीहरूलाई बिदाइ विदाई कार्यक्रम आयोजना गर्यो। सोही दिन बनेपा फोर्बिडले पहिलो वार्षिकोत्सव समेत मनाएको छ।
बनेपा–७, चाँदनी चोक स्थित ग्लोबल आइएमई बैंकको अगाडि रहेको बनेपा फोरबिडले विदेशमा पढ्ने सपना बाेकेका विद्यार्थीलाई आवश्यक परामर्श एवं अन्य सेवाहरु उपलब्ध गराउँदै आएकाे छ । विद्यार्थी र उनीहरूका शैक्षिक लक्ष्यहरू बीचको खाडललाई कम गर्ने लक्ष्य सहित आफूहरुले काम गर्दै आएको कन्सल्टेन्सीकी सञ्चालिका एवं महिला उद्यमी सरस्वती तिमल्सिना र संचालक नमराज फुयाँल बताउँछन् ।
विदाई कार्यक्रममा उक्त क्षणलाई अविष्मरणीय बनाउन हृदयस्पर्शी भाषण, मार्गनिर्देशन एवं शुभकामना आदानप्रदान गरिएकाे थियाे । उक्त क्षण आफूहरुकाे लागि अविस्मरणीय भइरहने विद्यार्थीहरु ले बताएका छन्।
गएको वर्ष बनेपा फोरबिडले १५ जना विद्यार्थीलाई थप अध्ययनका लागि जापान पठाएकाे थियाे ।
बनेपा फोरबिडमा हाल ६५ जना विद्यार्थी छन् जो आफ्नो शैक्षिक आकांक्षा पूरा गर्न लगनशील भई काममा गरिरहेका छन् ।
बनेपा फर्बिड एजुकेशनल करियर प्रा. लि. ले आफ्नो भिजनमा विश्वास गर्ने र संस्थालाई आफ्नो शैक्षिक साझेदारको रूपमा रोज्ने सबै विद्यार्थीहरूलाई हृदयदेखि कृतज्ञता व्यक्त गरेकाे छ भने विद्यार्थीहरुकाे उत्कृष्ट भविष्यकाे अपेक्षा सहित उनीहरूलाई सफलताको कामना पनि गरेको छ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij