२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

दर्ता बिना सञ्चालनमा रहेका अस्पताल सिल

दर्ता बिना सञ्चालनमा रहेका अस्पताल सिल

 

काठमाडौं । काठमाडौं महानगरपालिकाले दर्ता नै नगरि सञ्चालनमा दुई अस्पताल सिल गरेको छ ।

महानगरपालिकाले बौद्धस्थित चाइना पिपुल्स हस्पिटल र कोटेश्वरस्थित हाम्रो सहयात्री अस्पताल एण्ड वर्थिङ सेन्टरलाई सिल गरेको हो। दुवै अस्पताल दर्ता बिना नै सञ्चालनमा रहेको महानगरको स्वास्थ्य विभागका प्रमुख राम प्रसाद पौडेलले बताए ।

‘दुवै अस्पताल दर्ता बिना नै सञ्चालनमा रहेछ,’ उनले क्लिकमाण्डूसँग भने, ‘अहिलेलाई गैरकानुनी रुपमा स्वास्थ्य सेवा प्रवाहलाई रोक्न हामीले तालाबन्दी गरेका छौं ।’

पौडेलकाअनुसार दुवै अस्पताल १५ शय्याको रहेको र अस्पताललाई महानगरले नै खारेज गर्न सक्ने भएको उनले बताए । आगामी दिनमा सबै मापदण्ड पुरा गरेर आएमा र दर्ता प्रक्रियामा जाने नदेखिएको बताउँदै उनले भने, ‘अहिलेलाई हामीले सिल गरेका छौं । भोलीको दिनमा दर्ता प्रक्रियामा मापदण्ड पुरा गरेर आएमा सोही अनुसार प्रक्रिया अघि बढ्छ ।’

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij