२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

विश्व लागुपदार्थ रहित दिवस नेपालमा सम्पन्न, विशिष्ट योगदान पुर्याउने व्यक्तिहरु सम्मानित

विश्व लागुपदार्थ रहित दिवस नेपालमा सम्पन्न, विशिष्ट योगदान पुर्याउने व्यक्तिहरु सम्मानित

काठमाडौं । आज मे १ अर्थात विश्व लागु पदार्थ एवं सूर्ति रहित दिवस नेपालमा पनि भव्यताका साथ सम्पन्न भएको छ ।

‘हामीलाई खाद्यान्न चाहिन्छ, सूर्तीजन्य पदार्थ चाहिँदैन’ भन्ने मूल नारा सहित काठमाडौंमा राष्ट्रिय स्वास्थ्य, शिक्षा, सञ्चार तथा सूचना केन्द्रले आयोजना गरेको उक्त कार्यक्रम स्वास्थ्य क्षेत्रमा कार्यरत विभिन्न संस्थाहरुका प्रतिनिधि, स्वास्थ्यकर्मी, प्राविधिक, स्वास्थ्य मन्त्रालयका मन्त्री सचिव तथा पत्रकार लगायतका सरोकारवालाको व्यापक उपस्थिति बीच सम्पन्न भएको छ ।

आज सम्पन्न भएको कार्यक्रममा विभिन्न क्षेत्रबाट समाजमा लागुपदार्थ, सुर्ती एवं नसामुक्त समाज निर्माणको लागि योगदान गर्ने ६ जना व्यक्तिहरुलाई ‘स्वास्थ्य मन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरष्कार’बाट सम्मानित गरिएको हो ।

पुरष्कृत हुनेहरुमा राष्ट्रिय स्वास्थ्य, शिक्षा, सञ्चार तथा सूचना केन्द्रका वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक डा. भक्तबहादुर केसी, विराटनगर महानगरपालिकाका नगरप्रमुख नगेश कोइराला, हेल्ड टुडे सञ्चार माध्यमका पदमराज जोशी, प्रा.डा रिता थापा, नेपाल विकास अनुसन्धान प्रतिष्ठान र एक्सन नेपाल रहेका छन् ।

उनीहरुलाई स्वास्थ्य मन्त्री मोहन बस्नेतबाट नगद सहित पुरष्कृत गरिएको हो ।

पुरष्कारमा छनौटको लागि विभिन्न मापदण्डहरु तय गरिएको थियो ।

यसैगरी सोही कार्यक्रमको अवसरमा डा. भक्त बहादुर केसीले नेपाल सहित विश्वमा लागु पदार्थ एवं सूर्तिको प्रयोगको अवस्था, न्यूनीकरणको लागि भएका पहल, समस्या र चुनौती लगायत विभिन्न विषयहरुमा रहेर आफ्नो प्रस्तुती दिनुभएको थियो । उक्त प्रस्तुती अनुसार नेपालमा करिब २९ प्रतिशत मानिसहरुले सूर्तिजन्य पदार्थ प्रयोग गर्दै आइरहेका छन् ।

स्वास्थ्य मन्त्री प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा बोल्दै मन्त्री मोहन बस्नेतले हरेक व्यक्ति आफ्नो स्वास्थ्यमा सचेत हुनुपर्नेमा जोड दिनुभयो ।

क्रियाशिल जीवनशैलीले मेडिकल साइन्सलाई समेत चुनौती दिन सक्ने तागत राख्ने कुरा ऊहाँले बताउनुभयो ।

दैनिक रुपमा कम्तीमा पनि १ घण्टा समय आफ्नो लmागि दिनुपर्नेमा ऊहाँले उपस्थित सबैलाई आग्रह गर्नुभयो । विरामी भएपछि उपचार गर्नुभन्दा पनि विरामी नै नहुनको लागि सचेत बन्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij