२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

सहकारी दिवसः सुनवर्षीले सम्पन्न गर्याे “विद्यार्थीसँग सहकारी सचेतना” कार्यक्रम

सहकारी दिवसः सुनवर्षीले सम्पन्न गर्याे “विद्यार्थीसँग सहकारी सचेतना” कार्यक्रम

काठमाडौं ।  नेपालको सहकारी इतिहासमा सहकारी ऐन आउनु पूर्व स्व. श्री वखानसिंह गुरुङ्गको नेतृत्वमा वि. सं २०१३ चैत्र २० मा  बखान सहकारी संस्था चितवनमा स्थापना भएको थियाे । साेही दिनलाई राष्ट्रिय सहकारी दिवसकाे रूपमा मनाउने गरिएकाे छ ।

स्थापना दिवसकाे साेही परम्परालाई कायम राख्दै यस वर्ष ६६ औं सहकारी दिवस देशैभर मनाइएकाे छ ।

स्थापना दिवसकै अवसर पारेर काठकाडाैंबाट सञ्चालित सुनवर्षी बहेउद्देश्यीय सहकारी संस्थाले ‘विद्यार्थीसँग सहकारी सचेतना’  कार्यक्रम सम्पन्न गरेकाे छ ।

“सहकारीको दिगोपन, स्वनियमन र सुशासन” भन्ने मूल नारालाई आत्मसात् गर्दै सुनबर्षी बहुउद्देश्यीय सहकारीले हिमालयन कलेज, कोटेश्वर र टाईम्स इन्टरनेश्नल कलेज, डिल्लीवजारका विद्यार्थीहरुलाई  लक्षित गरी  विद्यार्थी संग सहकारी सचेतना कार्यक्रम सम्पन्न गरेकाे उक्त सहकारीका अध्यक्ष गणेश घिमिरेले बताए ।

उक्त कार्यक्रममा सुनवर्षी बहेउद्देश्यीय सहकारी संस्थाका सञ्चालक, पदाधिकारी एवं कर्मचारीको उपस्थिति उपस्थिति रहेकाे थियाे ।

विद्यार्थीहरूलाइ सहकारीकाे औचित्यता र आवश्यकता बारे बुझाउनकाे लागि उक्त सचेतना सञ्चालन गरिएकाे  आयाेजक  पक्षकाे तर्क छ ।

मूलतः विद्यार्थीसँग सहकारी सचेतनामा  विद्यार्थी हरुलाई सहकारीतकको अर्थ, मर्म, विचारधारा, मुल्य, मान्यता र सिद्धान्तहरूको बारेमा प्रकाश पार्दै मुलुककाे अर्थतन्त्रमा सहकारी क्षेत्रकाे याेगदान एवं समग्र सहकारी क्षेत्रकाे विकास मार्फत मात्र दिगो विकासका लक्ष्यहरु प्राप्ति गर्न सकिने बताइएकाे थियाे । साथै सहकारी क्षेत्रका लक्षित उपलब्धि हासिल गर्नकाे लागि हरेकले ग्राहक नभइ सदस्य बनेर मात्र कारोवार गर्नुपर्नेमा विशेष जाेड दिइएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij