२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

विजयी खेलाडीलाइ मेयरकाे सन्देशः निरन्तर लाग्नुस्, हामी सहयाेग गर्छाैं

विजयी खेलाडीलाइ मेयरकाे सन्देशः निरन्तर लाग्नुस्, हामी सहयाेग गर्छाैं

काठमाडाैं । भक्तपुर नगरपालिकाबाट आयोजना गरिएको मेयर कप अन्तर नगरपालिका पुरुष खोखो प्रतियोगितामा दोस्रो स्थान प्राप्त गर्ने खेलाडीहरुलाई कीर्तिपुर नगरपालिकाले बधाई ज्ञापन गरेको छ ।

बुधबार नगरपालिका सभा कक्षमा भएको उक्त कार्यक्रममा भक्तपुर नगरपालिकाबाट द्वीतिय स्थान हासिल गरेबापत प्राप्त गरेको १ लाख रकममा अर्को १ लाख १० हजार थप गरेर कीर्तिपुर नगरपालिकाका मेयर राज कुमार नकर्मीले खेलाडी तर्फका टोली नेता बिक्की महर्जनलाई चेक हस्तान्तरण गरेका छन् ।

फागुन ५ देखि ९ गते सम्म भक्तपुरमा आयोजना गरिएको खोखो कार्यक्रममा कीर्तिपुर दोस्रो स्थान प्राप्त गर्न सफल भएको थियो । पहिलो स्थानमा बर्दियाको ठाकुर बाबा नगरपालिका पर्न सफल भएको थियो ।

बधार्इं कार्यक्रमलाई सम्बोधन गर्दै मेयर नकर्मीले खेलमा हारजित स्वभाविक रहने बताए । साथै दोस्रो स्थान आफैंमा सम्मानजनक उपलब्धि रहेको बताउँदै उनले दोस्रो हुनुले खेलाडीहरुमा पहिलो हुन गुण रहेको देखाउने बताए ।

खेलाडीहरुलाई प्रोत्साहित गर्दै नकर्मीले भने, ‘तपाईंहरु अनुशासकपूर्वक अ‍ेल क्षेत्रमा लागिरहनुस् । तपाईंहरुको भविष्य अवश्य राम्रो हुनेछ । साथै हामीले अब खेलकुदको महत्व बुझिसक्यौं, आगामी बर्ष खेल क्षेत्रमा बजेट समेत बढाउनेछौं ।’ उनले नगरपालिकाले खेलकुदमा गर्ने लगानी उपलब्धिमा बदलिने अपेक्षा समेत गरे । साथै शारीरिक स्फुर्ति मात्रै नभई मानसिक, बौद्धिक, संवेगात्मक विकास, सुस्वास्थ्य र अनुशासन जस्ता अन्य वृत्ति विकासमा समेत महत्वपूर्ण योगदान पु¥याउने बताए ।

नगरपालिकाकी उपमेयर शुभ लक्ष्मी शाक्य (सुनिता)ले कीर्तिपुर अब खेलकुद मार्फत चिनिने अवसर बन्दै गएकोमा खुसी व्यक्त गरिन् ।

प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद बास्कोटाले खेलकुद क्षेत्रको विकास लागि कीर्तिपुरमा पूर्वाधार विकास, क्षमतावान् खेलाडी उत्पादन, प्रयाप्त बजेट विनियोजन लगायतका महत्वपूर्ण कामहरु गर्नुपर्ने आवश्यकता औंल्याए ।

खेलाडी विक्की महर्जन आफूहरु पहिलो नै हुने मानसिकता सहित सहभागि भएपनि केही प्राविधिक कारणले दोस्रो हुनपुगेको बताए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij