२०८३ असोज २ शुक्रबार

Sep 18 2026 Friday

  • २०८३ असोज २ शुक्रबार

२०८३ असोज २ शुक्रबार

स्थानीयबासीलाइ सानिमा मिडिल तमोर हाइड्रोपावरको आइपीओ भर्ने आज अन्तिम दिन

स्थानीयबासीलाइ सानिमा मिडिल तमोर हाइड्रोपावरको आइपीओ भर्ने आज अन्तिम दिन

काठमाडौं । सानिमा मिडिल तमोर हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीयको लागि आईपिओमा आवेदन दिने आज माघ १९ गते अन्तिम दिन रहेको छ ।

कम्पनीले ताप्लेजुङ जिल्लाका आयोजना प्रभावित स्थानीयले माघ ४ गतेदेखि आईपिओ निष्काशन गरेको थियो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले ३३ करोड ३२ लाख ५० हजार रुपैयाँ बराबरको ३३ लाख ३२ हजार ५०० कित्ता सेयर निष्काशन गरेको छ।

सोमध्ये आयोजना अति प्रभावित क्षेत्र फुङलिङ नगरपालिका (वडा नं. १, २, ९ र १०), फक्ताङलुङ गाउँपालिका (वडा नं. १), भिक्वाखोला गाउँपालिका (वडा नं. १ र २), मेरिङदेन गाउँपालिका (वडा नं. २ र ३) आठराई त्रिवेणी गाउँपालिका (वडा नं. ५) र मैवाखोला गाउँपालिका (वडा नं. १)का बासिन्दाका लागि १३ लाख ३३ हजार कित्ता छुट्याइएको छ । बाँकी १९ लाख ९९ हजार ५०० कित्ताका लागि माथि उल्लेखित बाहेका ठाउँका बासिन्दाले आवेदन दिन पाउने छन् ।

लगानीकर्ता न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछ । स्थानीय बासिन्दाले सानिमा मिडिल तमोर हाइड्रोपावरको कार्यालय, सानिमा बैंक, लक्ष्मी बैंक, ग्लोबल आइएमई बैंक र सनराइज बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। आइपीओ निष्काशनको लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले ‘केयर एनपी डबल बी इस्यूअर’ रेटिङ दिएको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।

कम्पनीले हाल ताप्लेजुङमा ७३ मेगावाटको मध्य तमोर जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । यसको कुल लागत १३ अर्ब ३३ करोड रुपैयाँ र प्रति मेगावाट लागत १८ करोड २६ लाख २ हजार ७४० रुपैयाँ अनुमान गरिएको छ।

आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ६.७३ वर्ष र डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १३.३६ वर्ष रहेको छ। कम्पनीको विद्युत उत्पादन अनुमति २९ वर्ष ८ महिना बाँकी रहेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij